- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रमुख दलका शिर्ष नेता नजाने भएका हुन् ।
काठमाण्डौ, २५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा प्रमुख दलका शिर्ष नेता नजाने भएका हुन् ।
सर्बदलीय बैठक संसदमा प्रतिनिधित्व गर्ने दलका सभापतिसहित दुई जनालाई सहभागी हुन निमन्त्रणा गरिएकोमा दलहरुका शिर्ष नेता नजाने भएका हुन् । नेपाली काँग्रेसका सभापति गगन थापा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ लगायत अनुपस्थित हुने भएका छन् ।
काँग्रेसबाट सभापति थापाको सट्टा संसदीय दलका नेता भिष्मराज आङदेम्बेले सहभागिता जनाउने बताइएको छ । त्यस्तै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड समेत बैठकमा सहभागी नहुने बुझिएको छ । एमालेको तर्फबाट प्रमुख सचेतक ऐन महर सहभागी हुदैछन् ।
नेकपा संयोजक प्रचण्ड भने अस्वस्थ भएका कारण बैठकमा सहभागी नहुने भएको उनको सचिवालयले जानकारी दिएको छ । प्रचण्ड अस्वस्थ भएपछि सहसंयोजक माधव नेपाल र नेता बर्षामान पुन बैठकमा सहभागी हुने बताइएको छ । त्यस्तै श्रम संस्कृति पार्टीले भने सहभागिता नजनाउने बताइएको छ ।
बैठक केहीबेरमा सिंहदरबारमा शुरु हुँदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
रवि लामिछानेले बोलाएको सर्बदलीय बैठकमा शिर्ष नेताहरु सहभागी नहुने
-
ओपेक प्लस देशहरूको जुलाईका लागि तेल उत्पादन बढाउने निर्णय
-
इरानमा इजरायलको जवाफी आक्रमण, तेहरानमा सुनियो विस्फोटका आवाज
-
चौधरी ग्रुपले म्यारियटका दुई लक्जरी होटल नेपाल भित्र्याउने, सन् २०३१ सम्म सञ्चालनमा आउने
धेरै पढिएको
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।