काँग्रेसमा सहमतिको प्रयास: गगन र विश्वको पूर्णबहादुर खड्कासँग छलफल
२३ बैसाख, २०८३, बुधवार
- बुधबार बिहान खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहित सभापति थापाले खड्कासँग पार्टीको विवादका बारेमा छलफल गरेका हुन् ।
काठमाडौं: नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् ।
बुधबार बिहान खड्काको गोल्फुटारस्थित निवासमा उपसभापति विश्वप्रकाश शर्मासहित सभापति थापाले खड्कासँग पार्टीको विवादका बारेमा छलफल गरेका हुन् ।
सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता प्रदान गरेपछि देउवा समूहले छुट्टै भेला गर्दै आएको छ भने थापा नेतृत्वको काँग्रेस आगामी असोजमा महाधिवेशन गर्ने गरी अगाडी बढेको छ । आज भएको छलफल सकारात्मक भएको र दुई पक्षबीच सहकार्य गरेर अघि बढ्ने विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि सभापति थापाले मंगलबार काँग्रेस नेता डा. शेखर कोइरालासँग पनि छलफल गरेका थिए ।
देउवा र कोइराला पक्षका नेताहरुले अहिले चलाइएको क्रियाशील नवीकरणको अभियानको विरोध गरेका छन् । उनीहरुले यसअघिकै सदस्यता कायम गरिनुपर्ने बताउदै आएका छन् ।
अर्को सभापति थापाले काँग्रेसलाई पुनर्जीवन दिन सदस्यता नवीकरण आवश्यक रहेको बताउदै अभियान चलाइरहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।