- शनिबार दिउँसो गएको पहिरोमा परेर गाईबाख्रा चराउँदै रहेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रूपन्देही: रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ भने एक पुरुष घाइते भएका छन्।
शनिबार दिउँसो गएको पहिरोमा परेर गाईबाख्रा चराउँदै रहेका स्थानीय ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर पुरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवै जनाको शव पहिरोबाट निकालिएको हो।
घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिए।
पहिरोमा चारवटा बाख्रा र दुईवटा गाईसमेत पुरिएका थिए। ती चौपायालाई पनि बाहिर निकालिएको प्रहरीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।