सुर्खेत उपत्यका नगर विकासको राजश्व हिनामिनाको आरोपमा पाँच जनाविरुद्ध मुद्धा दायर

३० बैसाख, २०८३, बुधवार
सारांश
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षत्री तथा सह–लेखापाल खड्कबहादुर रानासमेतको मिलेमतोमा राजस्व रकम हिनामिना गरिएको पुष्टि भएको हो ।

काठमाडौँ: सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा भएको झण्डै तीन करोड रुपैयाँ राजस्व हिनामिना प्रकरणमा विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार समितिका तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी, गेहेन्द्रबहादुर डाँगी, लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षत्री तथा सह–लेखापाल खड्कबहादुर रानासमेतको मिलेमतोमा राजस्व रकम हिनामिना गरिएको पुष्टि भएको हो ।

 

अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म सटर कवल तथा जग्गा भाडाबाट उठेको चार करोड १८ लाख चार हजार ३०३ राजस्वमध्ये एक करोड २३ लाख २५ हजार ६२२ मात्र बैंकमा दाखिला गरिएको पाइएको आयोगले जनाएको छ । बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंकमा दाखिला नगरी हिनामिना गरिएको आरोप लगाइएको छ ।

 

आयोगका अनुसार प्रतिवादीहरूले उक्त रकम बैंकमा दाखिला भएको देखाउन गलत आय–व्यय विवरण तयार गरी समितिको बैठकबाट अनुमोदनसमेत गराएका थिए ।

 

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर ठहर गर्दै प्रतिवादीहरूमाथि कानुनअनुसार सजायको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार