रास्वपा अराजक जमातको अस्थायी गठजोड हो- बादल

२९ बैसाख, २०८३, मगलवार
सारांश
  • मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गर्दै रास्वपा अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका हुन्  ।

काठमाडौं: नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका छन् ।  

 

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता थापाले रास्वपा कुनै वैचारिक दल नभएको टिप्पणी गर्दै रास्वपा अराजक जमातको अस्थायी गठजोड भएको आरोप लगाएका हुन्  ।  

 

साथै उनले रास्वपाको सफलता एआई र अल्गोरिदमको जादु, विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम भएको दाबि गरे । 

 

उनले भने- 'प्रतिनिधि सभा तथा संघीय सरकारमा आफ्नो एकल नेतृत्व स्थापित गरिसकेपछि रास्वपा सरकारले निर्धारित अधिवेशन स्थगन गरी ८ वटा अध्यादेश जारी गर्यो। यसको राजनीतिक लक्ष्य राज्यको प्रशासन तन्त्र तथा न्यायतन्त्रमा आफ्नो एकल प्रभुत्व कायम गर्नु थियो। यो लक्ष्य प्राप्त गर्न पनि रास्वपा सफल रह्यो । यो सफलता त दशकौँदेखि तत्कालीन सत्ताधारी दलहरूले गरेका कमजोरीहरूको योगफल, एआई र अल्गोरिदमको जादु र विश्व भू–राजनीतिक दृश्य र अदृश्य प्रभावहरूको कुल परिणाम थियो ।’

 

साथै नेता थापाले नेपाली सेनाको आलोचना गर्दै आफ्नै परमाधिपतिको निवास जल्दा मौन रहेको सेना सुकुम्बासीको बस्तिमा किन गएको भन्दै प्रश्न गरेका थिए ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार