- मणिहर्स ज्योतिले सुरु गरेको ज्योति समूहको १०४ बर्षको विरासत आज ढलेको छ।
काठमाडौं: मणिहर्स ज्योतिले सुरु गरेको ज्योति समूहको १०४ बर्षको विरासत आज औपचारिक रुपमा ढलेको छ। राजधानीमा एक कार्यक्रम गरी व्यवसायिक ज्योति घराना बिधिवतरुपमा अलग भएको हो।
ज्योति समुहका पुर्व अध्यक्ष पद्म ज्योतिको नेतृत्वमा 'पद्म ज्योति' नामको व्यवसायिक समूहको घोषणा भएको छ।
कार्यक्रममा अध्यक्ष पद्म ज्योतिले बाबु मणिहर्ष ज्योतिको विरासतलाई आत्मसात गर्दै नयाँ अध्याय सुरु गरेको बताएका छन् । उनले यस्ता पारिवारिक समूह नेपालमा मात्रै नभएर विश्वमा पनि फुट्ने गरेको उल्लेख गरे । आजै पद्म ज्योतिले नयाँ समूह र लोगो समेत सार्वजनिक गरेका छन् ।
अध्यक्ष पद्म ज्योतिले भने "हामी पद्म ज्योति परिवार एकबद्ध छौं र एकढिक्का भई सबै निर्णय गर्छौं। हामीले हाम्रो बाटो स्पष्ट छानेका छौं।" नेल्सन मण्डेलाई सम्झदै उनले भने "जिन्दगीमा हाम्रो छनौटहरू र निर्णयहरू डरका कारणले गर्ने होइन, आफ्नो सपनाका लागि गर्नुपर्छ। हामी विगतमा हराउन चाहदैनौं, बरु हाम्रो समय अनुकुलतालाई आफ्नो भविष्य भावी पुस्ताका लागि खर्च गर्न चाहन्छौं। आफ्नो उन्नति स्थिरता र खुशीयालीका लागि भविष्यमा लगानी गर्न र कामगर्न चाहन्छौं" उनले भने।
साथै अध्यक्ष पद्म ज्योतिले आफ्नो समूह आधुनिकता र नवप्रवर्तनको विचारधाराको प्रतिनिधित्व गर्ने बताएका थिए।
यसअघि ज्योति समूहको अध्यक्ष पद्म ज्योति, उपाध्यक्ष डा. रुप ज्योति रहेकोमा अहिले पद्म ज्योतिले नयाँ समूह गठन गरेका हुन्। पद्म ज्योति निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । पछिल्लो समय एकले अर्काको विरुद्धमा प्रहरीमा उजुरी दिने, अड्डा अदालत धाउनेदेखि मिडिया बाजी गर्दै आएका थिए ।
पद्म ज्योति समूहको अध्यक्षमा पद्म ज्योति रहेका छन् भने संस्थापक सदस्यमा मीरा ज्योति तथा निर्देशक सौरभ ज्योति, सुहृद ज्योति, सिर्जना ज्योति र आरती ज्योति रहेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।