- अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका छन् ।
काठमाण्डौ, २६ कार्त्तिक । अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी एलन मस्कले एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका छन् ।
हुआङको नेतृत्वबारे एनभिडियाको सञ्चालक समितिमा छलफल भइरहेका बेला मस्कले सामाजिक सञ्जाल एक्समार्फत उनलाई समर्थन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
कृत्रिम बौद्धिकतासम्बन्धी लगानीकर्ता ग्याभिन बेकरले स्वतन्त्र अनुसन्धानको नतिजा नआएसम्म एनभिडियाको सञ्चालक समितिले हुआङलाई पदबाट हटाउने निर्णय गर्न नहुने धारणा सार्वजनिक गरेका थिए । उक्त पोस्टको प्रतिक्रियामा मस्कले ‘१००’ को सङ्केत प्रयोग गर्दै समर्थन जनाएका थिए ।
त्यसैगरी, वित्तीय समाचारसम्बन्धी सञ्चारमाध्यम जिरोहजको अर्को पोस्टमा प्रतिक्रिया दिँदै मस्कले हुआङलाई नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका हुन् ।
हुआङको नेतृत्वमा एनभिडियाले सन् २०२५ को अन्त्यतिर मस्कको कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईमा दुई अर्ब अमेरिकी डलरसम्म लगानी गर्ने सहमति गरेको थियो । एक्सएआई अहिले मस्कको अन्तरिक्ष कम्पनी स्पेसएक्सको हिस्सा बनिसकेको छ ।
सन् २०२५ अक्टोबरमा अमेरिकी सञ्चारमाध्यम सीएनबीसीसँग कुरा गर्दै हुआङले मस्कको कम्पनीमा अझ बढी लगानी नगर्नु आफ्नो एक मात्र पछुतो भएको बताएका थिए । उनले मस्क संलग्न भएका प्रायः सबै काममा आफू पनि सहभागी हुन चाहने धारणा व्यक्त गरेका थिए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।