एनभिडियाका कार्यकारी हुआङको अर्को प्रेम सम्बन्ध बाहिरियो, पदबाट हटाउने तयारी

२६ कार्तिक, २०८३
सारांश
  • हुआङसँग जोडिएका दुई महिलासँगको कथित सम्बन्धबारे अमेरिकी सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

काठमाण्डौ, २६ कार्त्तिक । अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङको पद निरन्तरताबारे कम्पनीको सञ्चालक समितिमा छलफल भएको छ ।

 

हुआङसँग जोडिएका दुई महिलासँगको कथित सम्बन्धबारे अमेरिकी सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । त्यसपछि सञ्चालक समितिले उनको पदबारे पुनर्विचार गर्न थालेको वाल स्ट्रिट जर्नल र फाइनान्सियल टाइम्सले जनाएका छन् ।

 

यसअघि हुआङको चीनका लागि जासुसी गरेको आरोप लागेकी एक महिलासँग सम्बन्ध रहेको दाबीसहित समाचार सार्वजनिक भएको थियो । उक्त विषयमा अनुसन्धान गर्न कम्पनीले एक प्रतिष्ठित कानुनी संस्था नियुक्त गरेको थियो ।

 

यसैबीच, द न्युयोर्क टाइम्सले हुआङको एनभिडियामै कार्यरत अर्की एक कर्मचारीसँग पनि सम्बन्ध रहेको दाबी गर्दै समाचार प्रकाशित गरेको छ । दोस्रो समाचार सार्वजनिक भएपछि सञ्चालक समितिमा उनको पद निरन्तरताको विषय उठेको बताइएको छ ।

 

लगातार दुईवटा कथित सम्बन्धका विषय सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्यमा गिरावट आएको र सञ्चालक समितिमा उनको नेतृत्वबारे प्रश्न उठेको बताइएको छ ।

 

यसअघि भने कम्पनीको गोप्य सूचना वा राष्ट्रिय सुरक्षासँग सम्बन्धित कुनै विवरण चुहिएको प्रमाण नरहेको भन्दै सञ्चालक समितिले हुआङप्रति समर्थन जनाएको थियो ।

 

बुधबार रातिसम्म कम्पनीको सञ्चालक समितिले यस विषयमा कुनै आधिकारिक धारणा सार्वजनिक नगरेको बताइएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार