- चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ
काठमाडौँ: चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पुगेको छ । चितवनले काठमाडौँलाई ६१ रनले पराजित गरेको हो ।
चितवनले दिएको २०५ रनको विशाल लक्ष्य पछाएको काठमाडौँले २० ओभरमा ९ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।
काठमाडौँका लागि विलियम बोसिस्टोले ३७ रन बनाए भने भीम सार्कीले अविजित ३० र सहान अराचचिगेले २४ रन बनाएका थिए ।
त्यसैगरी चितवनका बलर रिजन ढकालले ४ विकेट लिए भने उसमा मिरले ३ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो ।
चितवनका लागि कामिल मिशाराले अविजित १२० रन बनाएका थिए । मिशाराले ५९ बल खेल्दै ५ चौका र १० छक्का प्रहार गरेका थिए ।
यो एनपीएलका तिनै सिजनमा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत धेरै रन समेत हो । त्यस्तै रवि भोपाराले ५३ रन बनाएका थिए भने देव खनालले १७ रन बनाएका थिए ।
त्यस्तै काठमाडौँका बलर करण केसी र राशिद खानले २-२ विकेट लिएका थिए ।
योसँगै काठमाडौँ गोर्खाजको यस सिजनबाट बाहिरिएको छ । त्यस्तै दोस्रो क्वालिफायर खेलमा विहिबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्ने भएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
होटल तथा पर्यटन व्यवसाय २४सै घण्टा सञ्चालन गर्न दिन माग
-
कम्पनीहरूले अब बैंकको कर्जामा मात्र निर्भर हुनुपर्ने छैन
-
काठमाडौँलाई हराउदै चितवन दोस्रो क्वालिफायरमा, सुदूरपश्चिमसँग भिड्ने
-
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट
-
त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।