एनपीएलको लिग चरणका अन्तिम दुई खेल आज हुँदै

२९ कार्तिक, २०८३
सारांश
  • आज अपराहन्न साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमने सामने हुँदैछन् ।
  • त्यस्तै, आज साँझ ५ बजेदेखि शुरु हुनेदोस्रो तथा यस सिजनको लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दैछन् ।

काठमाण्डौ, २९ कार्त्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुँदैछन् ।

 

आज अपराहन्न साढे १२ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स आमने सामने हुँदैछन् ।

 

चितवन प्लेअफमा पुगिसकेकाले यस खेलको नतिजाले उसको अवस्थामा खासै सुधार आउने देखिदैन । यो खेल जितेपनि चितवनले इलिमिनेटर खेल्ने निश्चित भएको छ । त्यस्तै कर्णाली याक्सले भने यस सिजनआमा ६ खेलमा केबल २ जित मात्र जितेपछि प्लेअफबाट बाहिरिएको छ ।

 

त्यस्तै, आज साँझ ५ बजेदेखि शुरु हुनेदोस्रो तथा यस सिजनको लिग चरणको अन्तिम खेलमा काठमाडौँ गोर्खाज र पोखरा एभेन्जर्स भिड्दैछन् । प्लेअफमा छनौट भएको काठमाडौँले यो खेल जितेर दोस्रो स्थानमा उक्लिने प्रयास गर्ने गर्ने छ । त्यस्तै प्रतियोगिताबाट बाहिरिएको पोखराले भने यस प्रतियोगितामा दोस्रो जितको खोजीमा हुने छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार