कम्पनीहरूले अब बैंकको कर्जामा मात्र निर्भर हुनुपर्ने छैन

२ मार्ग, २०८३
सारांश
  • धितोपत्र बोर्डले सार्वजनिक गरेको 'वैकल्पिक लगानी कोष नियमावली, २०८३' को मस्यौदाले भेन्चर क्यापिटल, निजी इक्विटी, ऋण फन्ड र हेज फन्डलाई छुट्टाछुट्टै वर्गमा राखेको छ।

काठमाडौँ: धितोपत्र बोर्डले सार्वजनिक गरेको 'वैकल्पिक लगानी कोष नियमावली, २०८३' को मस्यौदाले भेन्चर क्यापिटल, निजी इक्विटी, ऋण फन्ड र हेज फन्डलाई छुट्टाछुट्टै वर्गमा राखेको छ।

 

यसले नयाँ तथा विस्तार हुन खोजेका कम्पनीहरूलाई बैंक कर्जाबाहेक पुँजी जुटाउने विकल्प खुला गर्ने अपेक्षा गरिएको छ। मस्यौदाअनुसार कोष स्थापना गर्न कम्तीमा १० करोड रुपैयाँको आकार चाहिनेछ भने कोष व्यवस्थापकको न्यूनतम चुक्ता पुँजी २ करोडबाट बढाएर ५ करोड पुर्‍याउनुपर्नेछ। कोष व्यवस्थापकले आफ्ना कोषमा कम्तीमा २ प्रतिशत लगानी गर्नुपर्ने र लगानीकर्ताले सामान्य कोषमा न्यूनतम ५० लाख (भेन्चर क्यापिटलजस्ता कोषमा २५ लाख) रुपैयाँ लगाउनुपर्ने प्रस्ताव छ।

 

विदेशी लगानीकर्ताले पनि यस्ता कोषमा लगानी गर्न पाउने र सूचीकृत कोषका इकाइ सेयर बजारमा कारोबार गर्न सकिने व्यवस्था गरिएको छ। एउटै कम्पनी वा क्षेत्रमा कोषको लगानीयोग्य रकमको बढीमा २५ प्रतिशतसम्म मात्र लगानी गर्न पाइने भए पनि क्षेत्रविशेष कोषलाई यो सीमा लागू हुँदैन।

 

स्वार्थको द्वन्द्व रोक्न व्यवस्थापकको सम्पत्तिबाट कोषको रकम अलग राख्नुपर्ने व्यवस्था पनि मस्यौदामा समेटिएको छ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार