अमेरिकामा गोली प्रहारबाट बालबालिकासहित ९ जनाको मृत्यु

२५ असोज, २०८३
सारांश
  • अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एरी सहरमा शुक्रबार भएको गोली प्रहारमा बालबालिकासहित नौ जनाको मृत्यु भएको छ ।

काठमाडौँ : अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित एरी सहरमा शुक्रबार भएको गोली प्रहारमा बालबालिकासहित नौ जनाको मृत्यु भएको छ । 

 

घटनामा संलग्न भएको आशङ्का गरिएका व्यक्ति पनि मृत फेला परेका छन् । उनले आफैँलाई गोली हानेको हुन सक्ने प्रहरीको अनुमान छ ।

 

अक्टोबर ९ मा पेरी स्ट्रिटस्थित एक घरबाहिर गोली चलाएर भित्र पसेका व्यक्तिले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

 घटनास्थलमा पुगेको प्रहरीले सडकमा दुई महिलाको शव फेला पारेको थियो । तीमध्ये एक जना गर्भवती रहेको बताइएको छ । पछि घरभित्र थप सात जनाको शव फेला परेको थियो ।

 

प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान सार्वजनिक गरेको छैन । गोली प्रहारको कारणबारे अनुसन्धान भइरहेको छ ।

 

समाचार विवरणअनुसार, सन् २०२६ को सेप्टेम्बर २४ सम्म अमेरिकामा सामूहिक गोलीकाण्डका ३४३ घटना भएका थिए । ती घटनामा ३२० भन्दा बढीको मृत्यु भएको थियो ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार