दिल्लीमा ककरोचको प्रदर्शन- ममता, केजरीवालसहित विपक्षी नेताहरू प्रहरी नियन्त्रणमा
२४ असोज, २०८३
- शनिबार जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा भएपछि दिल्लीका विभिन्न क्षेत्रमा प्रहरी जाँच बढाइएको छ । राजधानीका सीमावर्ती क्षेत्रमा सवारीसाधन तथा शङ्कास्पद व्यक्तिको जाँच भइरहेको छ ।
काठमाण्डौ, २४ असोज । भारतको राजधानी नयाँदिल्लीमा प्रदर्शनका क्रममा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल र पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जी तथा तृणमूल कांग्रेसका अन्य सांसदहरूलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ ।
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध ककरोच जनता पार्टी (सिजेपी) ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रहरीले केजरीवाल र बेनर्जीसहितका नेताहरुलाई नियन्त्रणमा लिएको हो । प्रदर्शनलाई लक्षित गर्दै दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।
शनिबार जन्तरमन्तरमा प्रदर्शन गर्ने घोषणा भएपछि दिल्लीका विभिन्न क्षेत्रमा प्रहरी जाँच बढाइएको छ । राजधानीका सीमावर्ती क्षेत्रमा सवारीसाधन तथा शङ्कास्पद व्यक्तिको जाँच भइरहेको छ । प्रदर्शन सुरु हुनुअघि जन्तरमन्तर र कनट प्लेसलगायतका क्षेत्रमा केही प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनका कारण नयाँदिल्लीको कनट प्लेस क्षेत्रमा पसलहरू बन्द रहेका छन् । सडकमा अवरोध र मार्ग परिवर्तन गरिएकाले सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ । दिल्ली विमानस्थलमा सिजेपीका संस्थापक अभिजित दीपकेलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रदर्शनलाई ध्यानमा राख्दै दिल्लीका ४५ वटा मेट्रो स्टेसन बन्द गरिएको र केही क्षेत्रमा इन्टरनेट सेवा पनि अवरुद्ध गरिएको समाचारमा जनाइएको छ ।
भारतीय कांग्रेसका सांसद शशि थरुरले प्रदर्शनमाथि लगाइएका प्रतिबन्धको आलोचना गरेका छन् । निर्वाचनको निष्पक्षतामाथि उठेका प्रश्नको जवाफ दिनुको सट्टा सरकारले राजधानीलाई किल्लाजस्तो बनाएको उनको आरोप छ ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थरुरले निर्वाचनको निष्पक्षतामा विश्वास गर्ने सरकारले प्रश्नहरूको स्वागत गर्नुपर्ने बताएका छन् । उनले सरकारबाट जवाफ आउनुपर्नेमा लाठीचार्ज र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रतिबन्ध लगाइनु उचित नभएको टिप्पणी गरेका छन् ।
ब्यारेकेड लगाउँदैमा निर्वाचन आयोगप्रतिको जनविश्वास पुनःस्थापित नहुने उल्लेख गर्दै उनले जनताका प्रश्नको छिटो जवाफ दिन सके शान्ति कायम गर्न सहज हुने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत
-
२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १९१ जना घाइते
-
अमेरिकाले युद्धमा हस्तक्षेप गरे पीडादायी जवाफ दिने हुथी समूहको चेतावनी
-
बागमती प्रदेशको आर्थिक वृद्धिदर ५.४ प्रतिशत, कृषि उत्पादनमा ७.८ प्रतिशतले गिरावट
-
काठमाडौँ महानगरमा ‘पुस्तकरहित शुक्रबार’ सञ्चालन मार्गदर्शन स्वीकृत
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’