नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्प असन्तुष्ट, के के भने ?

२४ असोज, २०८३
सारांश
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको नोबेल शान्ति पुरस्कार आफूले नपाएको विषयमा पुनः असन्तुष्टि व्यक्त गर्दै पुरस्कार प्रदान गर्ने निर्णयलाई नर्वेका लागि ‘कहिल्यै नमेटिने दाग’ को संज्ञा दिएका छन् ।

काठमाण्डौ, २४ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस बर्षको नोबेल शान्ति पुरस्कार आफूले नपाएको विषयमा पुनः असन्तुष्टि व्यक्त गर्दै पुरस्कार प्रदान गर्ने निर्णयलाई नर्वेका लागि ‘कहिल्यै नमेटिने दाग’ को संज्ञा दिएका छन् ।

 

न्युयोर्कमा आयोजित चुनावी सभामा बोल्दै ट्रम्पले यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नवी पिल्लईलाई दिने निर्णय लज्जास्पद र अपमानजनक भएको टिप्पणी गरेका हुन् । उनले पिल्लईलाई आफूले नचिनेको र उनको नामसमेत नसुनेको बताएका छन् ।

 

ट्रम्पले नोबेल शान्ति पुरस्कारको निर्णय प्रक्रियामा संलग्न व्यक्तिहरू लोकतन्त्रविरोधी रहेको आरोप लगाउँदै पुरस्कारको विश्वसनीयता सधैँका लागि गुमेको दाबी गरेका छन् ।

 

अन्तर्राष्ट्रिय कूटनीतिमा आफूले खेलेको भूमिकाका आधारमा शान्ति पुरस्कार पाउनुपर्ने ट्रम्पले यसअघि पनि बताउँदै आएका थिए । सम्बोधनमा उनले उत्तर कोरिया र दक्षिण कोरियाबीचको तनाव, जापान र उत्तर कोरियाको सम्बन्ध तथा चीन र ताइवानबीचको विवादलगायतका विषयमा आफूले समाधान निकाल्न वा द्वन्द्व रोक्न भूमिका खेलेको दाबी गरे। तर, ती दाबी पुष्टि गर्ने प्रमाण उनले प्रस्तुत गरेनन् ।

 

नर्वेजियन नोबेल समितिले सन् २०२६ को नोबेल शान्ति पुरस्कार ८५ वर्षीया नवी पिल्लईलाई शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि प्रदान गर्ने निर्णय गरेको हो । पूर्व अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश तथा संयुक्त राष्ट्रसङ्घकी पूर्व मानव अधिकार उच्चायुक्त पिल्लईले दशकौँदेखि मानव अधिकार र अन्तर्राष्ट्रिय न्यायका क्षेत्रमा काम गर्दै आएकी छन् । उनले सन् १९९४ मा रुवान्डामा भएको नरसंहारका दोषीलाई कारबाही गर्न गठित अन्तर्राष्ट्रिय न्यायाधिकरणमा पनि काम गरेकी थिइन् ।

 

त्यसैगरी, उनले प्यालेस्टिनी भूभागसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय छानबिन आयोगको नेतृत्व गरेकी थिइन्। उक्त आयोगले गाजामा इजरायलले नरसंहार गरेको निष्कर्ष निकालेको थियो। इजरायलले भने उक्त निष्कर्ष अस्वीकार गर्दै आएको छ ।

 

नोबेल समितिले अन्तर्राष्ट्रिय कानुनी प्रणालीमाथि ठूलो दबाब परेको उल्लेख गर्दै कानुनी व्यवस्था र न्यायको सम्मानलाई कमजोर बनाएर शक्ति राजनीतिलाई प्राथमिकता दिने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरेको छ ।

 

नोबेल शान्ति पुरस्कारको निर्णय यस्तो समयमा आएको छ, जतिबेला ट्रम्प प्रशासन र अन्तर्राष्ट्रिय न्यायिक संस्थाबीच तनाव बढिरहेको छ। अमेरिकाले अन्तर्राष्ट्रिय फौजदारी अदालतका गतिविधिको विरोध गर्दै आएको छ र उक्त अदालतले इजरायली नेताहरूसँग सम्बन्धित विषयमा गरेको कामलाई लिएर वासिङ्टनले प्रतिबन्धसमेत लगाएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार