- विजय स्वयं पेराम्बुर र तिरुचिरापल्ली क्षेत्रबाट करिब १२ हजार मतले अगाडि रहेको जनाइएको छ । उनी तमिलनाडुसँगै हिन्दी भाषी क्षेत्रमा समेत लोकप्रिय मानिन्छन् । प्रारम्भिक अनुमानमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको भए पनि हाल देखिएको रुझान अझै चकित पार्ने खालको छ ।
काठमाडौँ: दक्षिण भारतीय चलचित्रका चर्चित कलाकार जोसेफ विजयले तमिलनाडु प्रदेश सभाको निर्वाचनमा अप्रत्याशित नतिजा ल्याउँदै सबैलाई चकित पारेका छन् ।
‘थलपति’ नामले चिनिने विजयको दल तमिलगा वेट्री कडगमले प्रारम्भिक मतगणनामा मुख्यमन्त्री एमके स्टालिनको द्रविड मुनेत्र कडगमलाई पछि पारेको छ । पछिल्लो अपडेट अनुसार विजयको दल १०१ सिटमा अगाडि रहेको छ भने सत्तारुढ द्रविड मुनेत्र कडगम (डिएमके) ५७ सिटमा सीमित देखिएको छ। विपक्षी अन्ना द्रविड मुनेत्र कडगम (एडिएमके) पनि ७१ सिटमा अगाडि रहेकोछ ।
विजय स्वयं पेराम्बुर र तिरुचिरापल्ली क्षेत्रबाट करिब १२ हजार मतले अगाडि रहेको जनाइएको छ । उनी तमिलनाडुसँगै हिन्दी भाषी क्षेत्रमा समेत लोकप्रिय मानिन्छन् । प्रारम्भिक अनुमानमा राम्रो प्रदर्शनको अपेक्षा गरिएको भए पनि हाल देखिएको रुझान अझै चकित पार्ने खालको छ ।
चलचित्र क्षेत्रमा सफल यात्रा बनाएपछि विजय यसै चुनावबाट राजनीतिमा होमिएका हुन् र यो नतिजाले उनको राजनीतिमा भएको उदयको रुपमा हेरिएको छ । गत वर्ष सेप्टेम्बरमा करूरमा आयोजित उनको दलको सभामा भागदौड मच्चिँदा ३९ जनाको ज्यान गएको थियो । उक्त घटनाप्रति उनले गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही २० लाख रुपैयाँ र घाइतेलाई दुई-दुई लाख रुपैयाँ सहयोग घोषणा गरेका थिए ।
२२ जुन १९७४ मा चेन्नईमा जन्मिएका विजयको पूरा नाम जोसेफ विजय चन्द्रशेखर हो । उनका पिता एस ए चन्द्रशेखर तमिल चलचित्रका चर्चित निर्देशक हुन् भने आमा शोभा गायिका थिइन् । सानैदेखि चलचित्र क्षेत्रमा हुर्किएका उनले बाल कलाकारका रूपमा अभिनय सुरु गरेका थिए । पिताकै निर्देशनमा बनेको ‘वेट्री’ चलचित्रबाट बाल कलाकारका रूपमा देखिएका विजयले पछि ‘नालय थीरपू’ (१९९२) मार्फत नायकका रूपमा यात्रा थालेका थिए। प्रारम्भिक चरणमा चलचित्रले अपेक्षित सफलता नपाए पनि त्यसले उनको भविष्यको आधार तयार गरेको थियो ।
सुरुआती समयका उनका चलचित्रहरू मुख्यतः मनोरञ्जनमुखी शैलीका भए पनि पछि उनले विभिन्न विषयमा आधारित चलचित्रमार्फत छुट्टै पहिचान बनाएका छन्। ‘गिल्ली’ जस्तो सफल चलचित्रले उनलाई जनप्रिय बनायो भने ‘कथी’, ‘थेरी’, ‘मर्सल’ र ‘बिगिल’ जस्ता चलचित्रले थप उचाइमा पुर्यायो। उनी उत्कृष्ट नृत्यका लागि पनि परिचित छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।