बिपी राजमार्ग १२ घण्टा बन्द हुने

२२ बैसाख, २०८३, मगलवार
सारांश
  • प्रि–मनसुन अवधिमै हावाहुरी, चट्याङ, असिना, हिमपातसहित भारी वर्षा भइरहेका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भइरहेको र जुनसुकै बेला विपद् अवस्था सिर्जना हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

सिन्धुली: जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विपद् जोखिम बढ्दै गएपछि बिपी राजमार्ग १२ घण्टा बन्द गर्ने निर्णय गरेको छ ।

 

प्रि–मनसुन अवधिमै हावाहुरी, चट्याङ, असिना, हिमपातसहित भारी वर्षा भइरहेका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भइरहेको र जुनसुकै बेला विपद् अवस्था सिर्जना हुन सक्ने भएकाले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।

 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वैशाख २२ गतेको निर्देशन तथा सिन्धुली र काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीबीच भएको समन्वयपछि जिल्ला सुरक्षा समिति सिन्धुलीको बैठकले उक्त निर्णय गरेको हो ।

 

निर्णयअनुसार आज वैशाख २२ गतेदेखि अर्को सूचना जारी नभएसम्म बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी सडकखण्डमा बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म १२ घण्टा सबै प्रकारका सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

 

साथै वर्षा, रोशी खोलामा आउन सक्ने बाढी तथा मौसमको अवस्थालाई हेरेर आवश्यक परे अन्य समयमा पनि अल्पकालीन रूपमा सवारी आवागमन रोक्न सकिने प्रशासनले जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यालयले सो सडकखण्ड प्रयोग गरी यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । यसका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली, ट्राफिक प्रहरी तथा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमार्फत जानकारी लिन सकिने बताइएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार