इजरायल र हिजबुल्लाहको एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप
११ बैसाख, २०८३, शुक्रवार
- इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका केही प्रक्षेपास्त्रलाई रोकेको जनाएको छ। श्टुला क्षेत्रमा साइरनसमेत बजाइएको बताइएको छ। हिजबुल्लाहले भने टेलिग्राममार्फत रकेट आक्रमण गरी उक्त क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ ।
काठमाडौँ: इजरायल रक्षा बल र हिजबुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।
इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका केही प्रक्षेपास्त्रलाई रोकेको जनाएको छ। श्टुला क्षेत्रमा साइरनसमेत बजाइएको बताइएको छ। हिजबुल्लाहले भने टेलिग्राममार्फत रकेट आक्रमण गरी उक्त क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ ।
इजरायली सेनाले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा तीन जनालाई मारिएको जनाएको छ । ती व्यक्तिलाई हिजबुल्लाहसँग सम्बन्धित लडाकु भएको दाबी गरिएको छ । सेनाका अनुसार उनीहरूले इजरायली वायुसेनाको विमानतर्फ क्षेप्यास्त्र प्रहार गर्ने असफल प्रयास गरेका थिए ।
इजरायली सेनाले दक्षिणी लेबनानमा तैनाथ आफ्ना सैनिकमाथि हिजबुल्लाहले दुई फरक घटनामा रकेट प्रहार गरेको पनि जनाएको छ । उसले यी गतिविधिलाई युद्धविराम सम्झौताको खुला उल्लंघन भनेको छ ।
यसअघि बिहीबार साँझ हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेको स्वीकार गर्दै त्यसलाई इजरायलले गरेको युद्धविराम उल्लंघनको जवाफ भएको जनाएको थियो ।
लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार शुक्रबार बिहान इजरायलले देशको दक्षिणी भागस्थित टायर सहरमा पनि आक्रमण गरेको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
०७२ विनाशकारी भूकम्प : दशक वित्यो पीडा र सम्झना ताजै, सरकार के गर्दैछ ?
-
गैरीगाउँस्थित सुकुम्बासी बस्ती खाली, ‘घण्टी’मा भोट दिएकोप्रति पश्चाताप
-
थापाथलीस्थित बस्तिका घरवारविहीन बताउने १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग पुर्याइयो
-
विदेशी मुद्राको सटहीदर: २०८३ वैशाख १२ शनिवार
-
विश्व औलो दिवस आज मनाइँदै
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
मन्त्रीहरुको पृष्ठभूमिको अध्ययन किन भएन ?
प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना नपुग्दै दुई मन्त्री हटाउनुपर्ने अवस्थाले वर्तमान सरकारको कार्यशैली, निर्णय क्षमता र नेतृत्वको विश्वसनीयतामाथि गहिरो बहस सुरु भएको छ ।