- हेक्का रहोस ति राष्ट्र निर्माताले देश एकिकरण नगरिदिएको भए खड्ग प्रसाद ओलीलाई कुनै देशको प्रधानमन्त्रिका रुपमा अवश्य देख्न पाईने थिएन।
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र निर्माता श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह प्रति दिएको अविव्यक्ति अत्यन्त खेदजनक छ।
शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदानको अवमुल्यन गर्नुका साथै पृथ्वीपथलाई मजाकको विषयका रुपमा चित्रित गरेका थिए । उनको यो अभिव्यक्तिलाई लिएर यतिबेला बौद्धिक जगत तथा देशभक्त नागरिकहरूमा चर्चाको विषय मात्रै बनेको छैन, यसले आम सर्वसाधारणको राष्ट्र निर्माता प्रतिको भावनामा समेत ठेस पुर्याएको छ ।
विश्वमा उपनिवेशवाद मौलाईरहदा दुई विशाल साम्राज्यको विचमा एक सग्लो, स्वाधीन तथा सार्वभौम नेपालको परिकल्पना गर्नु आफैमा महान कार्य हो । साथै पृथ्वी नारायण शाह स्वयम् आफ्नो जीवनभर युद्धमा होमिएर नेपाल एकीकरणमा सामेल भएका थिए । विभिन्न कालखण्डामा विभाजित भएर रहेको यस हिमाली क्षेत्रमा विधर्मी तथा उपनिवेशवादी शक्तिका सामुन्ने एक सबल राष्ट्रको रुपमा उभ्याउन सक्नु उनको महान योगदान हो ।
आज हामी विश्वमा सर्वभौम नेपाली भएर उभिन पाएको तिनै महान राष्ट्र निर्माता पृथ्वी नारायण शाहकै योगदानका कारणले हो । साथै खड्ग प्रसाद ओली प्रधानमन्त्री भएको तिनै महान राष्ट्र निर्माताले देश निर्माण गरिदिएकोले हो। हेक्का रहोस ति राष्ट्र निर्माताले देश एकिकरण नगरिदिएको भए खड्ग प्रसाद ओलीलाई कुनै देशको प्रधानमन्त्रिका रुपमा अवश्य देख्न पाईने थिएन।
जसले देश एकीकरण गर्दियो त्यहि देशको प्रधानमन्त्री भएर त्यस देशको निर्माणकर्तालाई अपमानित गर्नु अत्यन्त खेदजनक विषय हो । प्रधानमन्त्रिको इतिहास र हाम्रा महान पुर्खाहरुका योगदान प्रतिको ज्ञानको कमि वा भनौं यस प्रति कुभावना, जे भए पनि स्वतन्त्र सार्वभौम तथा देशभक्त नेपालीको शिर निहुराउने वक्तव्य कदापि स्वीकार्य हुनेछैन।
राज्य एकिकरणको घटनालाई हत्या हिंसाको संज्ञा दिएर राष्ट्र निर्मातालाई अपमानित गर्ने प्रधानमन्त्री केपी ओलीलाई हेक्का होस्, स्वयम् उनको राजनैतिक पार्टी एमाले अर्थात एकीकृत मार्क्सवाद लेनिनवाद जसले हत्या हिंसालाई नै समर्थन गर्छ। संसारमा कार्ल मार्क्स, र लेनिनकै वाद (विचार)ले करोडौं मानिसहरूको हत्या भएको छ। फगत मार्क्सवाद र लेनिनवादको नाममा । विडम्बना हाम्रो प्रधानमन्त्री केपी ओलीको आदर्श पनि तिनै मार्क्स र लेनिन नै हो । नेपालसँग कुनै साईनो नभएको तथा जसको विचारले हत्या हिँसा गरेर सत्तारोहण र सत्तादोहन मात्र सिकाउछ, तिनैलाई आदर्श मान्नेले राष्ट्र निर्माण जस्तो महत्वपुर्ण कार्यलाई मजाकको विषय बनाएर राष्ट्र निर्मातालाई अपमानित गर्नु अत्यन्त दुखद, खेदजनक र भत्सर्नायोग्य छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।