राम मन्दिरमा भएको ध्वजावन्दनः साँस्कृतिक पुनरुत्थानको नविन अध्याय
२०८२ मङ्सिर ११ विहिवार
- एतिहासिक विवेचनाका आधारमा, भारतमात्रै प्राचीन बहुविविधता र बहुदेववादी सभ्यता हो
स्वराज्यको सबस्टाक मा प्रकाशित “चीन पतन भयो। मिस्र पतन भयो। रोम पनि पतन भयो। तर भारत आफ्नो मन्दिरहरू पुनः फिर्ता गर्दैछ ।” शीर्षकको लेखमार्फत हालसालै अयोध्यामा भएको ध्वजावन्दन समारोहलाई केन्द्रमा राखेर हिन्दू धर्म संस्कृतिको पुनरुत्थान भइरहेको देखाइएको छ ।
लेखमा भनिएको छ कि राम मन्दिर केवल धार्मिक अस्तित्वको रक्षा र पुनरुत्थान होइन । यो विगत १,६०० वर्षको अवधिमा पहिलो पटक भएको बहुदेववादी सभ्यताको पुनः दावाको निरन्तरता हो ।
लेखमा उल्लेख छ कि उनीहरूले केवल मन्दिरहरूमा कब्जा जमाएनन्, सभ्यताहरू नै मेटाए । आज मिस्रका देवताहरू संग्रहालयका वस्तु बनेका छन् । ग्रीसका देवताहरू कवितामा मात्र बाँचेका छन् । रोमका देवताहरू ग्रह र साताका दिनको नाममा मात्र बाँचेका छन् । एज्टेक र इन्का सभ्यताका देवताहरू आज मानवशास्त्रका पुस्तकहरूमा मात्रै भेटिन्छन् । प्रत्येक प्राचीन बहुदेववादी (‘पैगन’) सभ्यता, एक पनि अपवादबिना, पछिल्ला २,००० वर्षको एकेश्वरवादी धर्महरूको विस्तारका क्रममा विलय, परिवर्तन वा समाप्त गरियो । तर भारतमा त्यस्तो पूर्ण विनाश सम्भव भएन ।
एकेश्वरवादको सबभन्दा ठूलो शक्ति भनेको केन्द्रिकरण थियो । एक भगवान, एक सत्य, एक सिद्धान्त । यसले समाजलाई धार्मिक आधारमा व्यापक रूपमा उथलपुथल गर्न सक्थ्यो । एतिहासिक विवेचनाका आधारमा, भारतमात्रै प्राचीन बहुविविधता र बहुदेववादी सभ्यता हो जसले निरन्तरता कायम राख्यो । विविध परम्पराले एउटै केन्द्रलाई नष्ट गरेर संस्कृतिलाई समाप्त गर्न सक्ने अवस्था दिएन । भारतले कहिल्यै पूर्ण राजनीतिक सार्वभौमिकता गुमाएन, जसले सांस्कृतिक प्रतिस्थापन हुन पाएन ।
सभ्यता माथि आक्रमण
विभिन्न साम्राज्यहरू भारतमा आएर शासन गर्दा भारत पनि लगभग पतनको नजिक पुगेको थियो । तुर्क–मुगल कालमा हजारौँ मन्दिरहरू भत्काइए, जसमा राम जन्मभूमिको मन्दिर पनि थियो । उपनिवेशकालमा अंग्रेजहरूले देशको ठूलो धन–सम्पत्ति निकालेर लगे, र मिशनरीहरूले धर्मान्तरणको प्रयास चलाइरहे । स्वतन्त्रतापछि नेहरूवादी धर्मनिरपेक्षताले हिन्दू सभ्यतालाई दशकौँसम्म रक्षात्मक अवस्थामै राख्यो ।
जातीय संरचनाले हिन्दू समाजलाई विभाजित गरेको सत्य हो, तर यसले धर्मान्तरणलाई पनि सुस्त बनाएको थियो । धार्मिक अभ्यासहरूको अत्यधिक विविधताले ती परम्परालाई एउटै केन्द्रमा ल्याएर “सम्पूर्ण सभ्यतालाई नष्ट गर्ने” सम्भावना नै दिएन । साथै मिस्र वा पर्सियाजस्तो भारतले कहिल्यै पनि एकेश्वरवादी शक्तिहरूको पूर्ण राजनीतिक नियन्त्रण लामो समयसम्म भोगेन, जसले सम्पूर्ण सांस्कृतिक पहिचानलाई प्रतिस्थापन गर्न सकोस ।
राम मन्दिरमा भएको ध्वजावन्दन
अयोध्याको राम मन्दिरमा १९० फिट उचाइमा उठेको धर्म ध्वज भनेको धेरैले कहिल्यै सम्भव नसोचेको निर्माण कार्य पूरा भएको क्षण हो । भारतीय प्रधानमन्त्री मोदी, आरएसएस प्रमुख मोहन भागवत, उत्तर प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथ, र हजारौँ मानिसहरूले ऐतिहासिक रूपमा अत्यन्त दुर्लभ घटना साक्षी हुने सौभाग्य पाए । त्यो भनेको ध्वस्त गरिएको राम मन्दिर पुनः निर्माण भएको तथा ध्वजावन्दन भएको क्षणको अवलोकन थियो ।
यो नव निर्मित राम मन्दिर संग्रहालयका लागि होइन । जीवित रूपमा पूजा कार्यका लागि हो । राम मन्दिर केवल धार्मिक संरचना मात्र होइन । इतिहासभर नष्ट गरिएका मन्दिरहरूको सांस्कृतिक पुनर्जागरणको अनुपम प्रतीक हो ।
पश्चिमी सभ्यता
पश्चिमी मुलुकहरूमा इसाई धर्मको जनसंख्या घट्दै गएको छ । वाशिंगटनदेखि ब्रसेल्ससम्म राजनीतिक विभाजन देखा परिरहेको छ । युरोपमा साना नियो–पैगन पुनर्जागरण देखा परिरहेका छन् । जसको कारण शताब्दीकै पहिलो पटक नयाँ मन्दिरहरू निर्माण हुन थालेका छन् ।
यही बीच, हिन्दू धर्म कुनै निशान बिना विश्वभरि फैलिएको छ । योग, ध्यान, दाहसंस्कार, र प्रकृतिमा दिव्यता देख्ने वातावरणीय नैतिकता जस्ता विषयहरू हिन्दू परम्पराबाट आएका हुन् । यी हिन्दू परम्परा भनेर प्रचार भने गरिएको छैन । तर पनि फैलिरहेको छ ।
भविष्यको ऐतिहासिक मोड
सन् २१२० सम्म पुग्दा, संसारका धेरै मानिसहरूले अयोध्याको राम मन्दिरको वर्ष शताब्दीलाई एक वास्तविक ऐतिहासिक मोडको रूपमा सम्झने छन् ।
अन्त्यमा,
यो लेखले भन्छ कि राम मन्दिर केवल धार्मिक घटना मात्र होइन । यो ऐतिहासिक दृष्टिले पनि महत्वपूर्ण क्षण हो । लेखको भनाई अनुसार पहिले दबाइएको वा कमजोर पारिएको प्राचीन हिन्दू सभ्यता अहिले खुला र आत्मविश्वासका साथ आफ्नो पहिचान पुनः स्थापित गर्दैछ । जुन विश्व इतिहासमा दुर्लभ घटना हो ।
लेखको मूल श्रोत हेर्न यहाँ क्लिक गर्नुहोस्।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।