पशुपालनको पुरानो संस्कृतिसँग खीर खाने दिनको साइनो गाँसिएको छ : प्रधानमन्त्री
१५ श्रावण, २०८२, बिहिवार
- प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।
काठमाडौँ, १५ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीको जीवन खीरजस्तै मिठासपूर्ण होस् भन्ने कामना गरेका छन् ।
नेपाली समाजमा खीर खाने पर्व साउन १५ को अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै उनले यस्ता पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिक मिठास बोकेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘आज साउन १५, खीर खाने परम्परागत पर्व । हाम्रा पूर्वजहरूले रोपाइँ सकेर साउन १५ को पर्व मनाउन सुरु गरेका थिए । पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको छ । जसरी खीरलाई मिठासपूर्ण परिकारको रूपमा लिइन्छ, त्यसैगरी यस पर्वले नेपाली समाजको संस्कृति, सौहार्दता र सामूहिकताको मिठास बोकेको छ । शुभ साउन १५ !, सबैको जीवन खीरजस्तै मिठासपूर्ण होस् !
उनले पशुपालनको पुरानो संस्कृतिसँग यस पर्वको साइनो गाँसिएको उल्लेख गर्दै पूर्वजहरूले रोपाइँ सकेर साउन १५ (खीर खाने) पर्वको सुरुवात गरेको स्मरण गरेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
राष्ट्र बैंकले आज २० अर्बको निक्षेप संकलन गर्दै
-
नेपाल र भारतसहित ४७ देशका नागरिकलाई रुसी सेनामा प्रयोग गरिएको जेलेन्स्कीको दाबी
-
सुनचाँदीको मुल्य घट्यो
-
जुफाल विमानस्थलमा अवतरणको क्रममा सीता एयरको जहाजको पांग्रा फुस्कियो
-
‘हिमाली सुनामी’ नेपालको मात्र विपत्ति होइन, अस्तित्वकै संकट हो- परराष्ट्रमन्त्री खनाल
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।