प्रा.डा.प्रमोदवर्धन कौण्डिन्न्यायन

मीमांसादर्शनमा आचार्य, विद्यावारिधि तथा संस्कृतमा एम्.ए. गरेका काैण्डिन्न्यायन, विगत ३१ वर्षदेखि संस्कृतविश्वविद्यालयमा प्राध्यापन गर्दै आउनुभएको छ। मीमांसादर्शनका प्राध्यापकका रूपमा कार्यरत काैण्डिन्न्यायन शुक्लयजुर्वेद र छ वेदाङ्ग (शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिष) मा दक्खल राख्नुहुन्छ। उहाँ लामो समयदेखि धर्म, दर्शन, ज्योतिष र इतिहासका समबन्धमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पत्रपत्रिकाहरूमा कलम चलाउँदै आउनु भएको छ। उहाँका केही पुस्तकहरू पनि नेपाल र भारतबाट प्रकाशित छन् ।

प्रा.डा.प्रमोदवर्धन कौण्डिन्न्यायनका लेखहरु :

तनहुँ पुगेर अथवा काठमाण्डौँमा नै पनि रमानाथसँग भेटेर आवश्यक सबै कुरा सोधपुछ गरेर जीवनचरित्र लेख्ने अवसर जुटेको भए मोतीरामद्वारा लेखिएको जीवनचरित्रको स्वरूप धेरै नै पृथक् हुन्थ्यो होला। भानुभक्तका जीवनका घटनाका वर्णनहरू पनि यथार्थको निकै नजिक पुग्थे होलान्।

द्विजोत्तमस्त्रीहरूको पनि वैदिक मन्त्रहरूमा अधिकार हुने र उनीहरूले वैदिक मन्त्र पढेर कर्म गर्नुपर्ने कुरा शास्त्रको तलस्पर्शी अध्ययन र विवेचनबाट स्पष्ट हुन्छ ।

तिहार पर्वको महत्त्व

१४ कार्तिक, २०८१, बुधवार

तिहार पर्व शरद् ऋतु सकिन लागेको हेमन्तको प्रारम्भ हुने समयमा मनाइने पर्व हो भन्ने देखिन्छ। तर आर्तव वर्ष छोटो र नक्षत्रबद्ध वर्ष अलीकति लामो हुने हुँदा ऋतु ७२ वर्ष जतिमा १ दिन वरतिर सर्छ र लामो समयमा धेरै अन्तर पर्छ।

नवरात्र र विजयादशमी

२०८१ असोज १७ गते, विहिबार

संस्कृत भाषाको दशमी शब्दबाट नेपालीमा दसैँ शब्द बनेको हो । दसैँलाई नेपालीहरूले ठुलो चाडका रूपमा मनाउने गर्दछन् । यो चाड घटस्थापनादेखि प्रारम्भ हुन्छ ।