स्पेसएक्सको स्टारसिपको १५औँ परीक्षणमा फेरि धक्का, सुपर हेभी बुस्टर विस्फोट

२८ कार्तिक, २०८३
सारांश
  • अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारसिप रकेटको १५औँ परीक्षण उडानमा फेरि प्राविधिक समस्या देखिएको छ ।

काठमाडौं : अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारसिप रकेटको १५औँ परीक्षण उडानमा फेरि प्राविधिक समस्या देखिएको छ ।

 

परीक्षणमा रकेटको तल्लो भाग सुपर हेभी बुस्टर पृथ्वीमा फर्किने क्रममा प्राविधिक खराबी आएपछि मेक्सिकोको खाडीमा विस्फोट भएको छ ।

 

बुस्टर नष्ट भए पनि रकेटको माथिल्लो भाग ‘सिप’ भने सफलतापूर्वक पृथ्वीको कक्षमा पुगेको थियो । उडान सुरु भएको करिब २७ मिनेटपछि कक्षमा पुगेको स्टारसिपले स्टारलिङ्कका २६ वटा भूउपग्रह अन्तरिक्षमा तैनाथ गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।

 

परीक्षणको मुख्य उद्देश्य रकेटका दुवै भागलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काएर पुनः प्रयोग गर्ने थियो । यसका लागि टेक्सासस्थित स्टारबेस प्रक्षेपण केन्द्रमा जडान गरिएका दुई विशाल यान्त्रिक हातको सहायताले सुपर हेभी बुस्टर समात्ने योजना थियो । 

 

तर प्राविधिक समस्या आएपछि स्वचालित सुरक्षा प्रणालीले उक्त प्रक्रिया रोकेको थियो । त्यसपछि बुस्टरको मार्ग परिवर्तन गरी समुद्रतर्फ पठाइएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?

बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।

थप समाचार