सरकारी अनुरोधमा सामग्री हटाउदा प्रयोगकर्तालाई जानकारी दिने एक्सको तयारी

३१ श्रावण, २०८३, आइतवार
सारांश
  • एक्सले यस्तो अनुरोध गर्ने सरकारी निकायको विवरणसमेत उपलब्ध गराउने योजना बनाएको छ । सम्भव भएसम्म सामग्री हटाउन वा प्रतिबन्ध लगाउन दिइएको कानुनी आधार तथा कारणसमेत देखाइनेछ ।

काठमाडौँ: सामाजिक सञ्जाल एक्सले सरकारी निकायको अनुरोधमा कुनै सामग्री हटाउने वा त्यसमा रोक लगाउने निर्णयबारे प्रयोगकर्तालाई थप स्पष्ट जानकारी दिने भएको छ ।

 

एक्सका मालिक एलन मस्कले सामग्री व्यवस्थापन, सिफारिस प्रणाली र अनलाइन अभिव्यक्तिमा सरकारी हस्तक्षेपबारे पारदर्शिता बढाउने प्रयासस्वरूप यस्तो व्यवस्था गर्न लागिएको बताएका छन् ।

 

मस्कले एक्समा लेख्दै सरकारले माग गरेअनुसार गरिने कुनै पनि सामग्री रोक्ने वा हटाउने काम अब प्रयोगकर्ताले स्पष्ट रूपमा देख्न सक्ने बताएका छन् । नयाँ व्यवस्थाअनुसार कुनै सरकारले पोस्ट हटाउन वा खाता प्रतिबन्ध लगाउन अनुरोध गरेको भए प्रयोगकर्ताले त्यसबारे जानकारी पाउनेछन् ।

 

एक्सले यस्तो अनुरोध गर्ने सरकारी निकायको विवरणसमेत उपलब्ध गराउने योजना बनाएको छ । सम्भव भएसम्म सामग्री हटाउन वा प्रतिबन्ध लगाउन दिइएको कानुनी आधार तथा कारणसमेत देखाइनेछ ।

 

एक्स खरिद गरेपछि मस्कले प्रयोगकर्तालाई सामग्री कसरी व्यवस्थापन र प्राथमिकताका आधारमा देखाइन्छ भन्नेबारे जानकारी पाउने अधिकार हुनुपर्ने बताउँदै आएका छन् । क्रिप्टो बिफिङको एक प्रतिवेदनअनुसार मस्कको स्वामित्वमा आएपछि एक्सले विभिन्न अवधिमा सरकारबाट आएका सामग्री हटाउने अनुरोधमध्ये ८३ प्रतिशतदेखि ९८.८ प्रतिशतसम्म पालना गरेको छ । प्रतिवेदनमा एक्सको यो दर मस्कअघि रहेको व्यवस्थापनको समयभन्दा बढी रहेको उल्लेख छ। एक्सले आफ्नो सामग्री सिफारिस प्रणालीमा समेत पारदर्शिता बढाउने प्रयास गरिरहेको छ ।

 

कम्पनीले सिफारिस प्रणालीका केही भाग खुला स्रोतमा उपलब्ध गराउने प्रयासलाई समेत समर्थन गरेको छ । यसबाट अनुसन्धानकर्ता र प्रयोगकर्ताले कुन आधारमा सामग्रीलाई बढी वा कम प्राथमिकता दिइन्छ र कुनै पोस्ट कति मानिससम्म पुग्छ भन्ने विषय बुझ्न तथा परीक्षण गर्न सक्नेछन् ।

 

एक्सले प्रयोगकर्तालाई कुनै सामग्रीको पहुँच बढाइएको, घटाइएको वा त्यसमा पहुँचसम्बन्धी प्रतिबन्ध लगाइएको छ कि छैन भन्नेबारे पनि थप स्पष्ट जानकारी दिने लक्ष्य राखेको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार