- एक तस्बिरमा पृथ्वीको गोलाकार घुमाउरो भाग देखिएको छ भने अर्को तस्बिरमा सेता बादलले ढाकिएको पूरै पृथ्वी स्पष्ट देखिन्छ । यी दृश्यले अन्तरिक्षबाट पृथ्वीको सुन्दरता झनै उजागर गरेको छ ।
काठमाडौँ: नासाको आर्टेमिस–२ अभियानअन्तर्गत चन्द्रमातर्फ यात्रा गरिरहेका चार अन्तरिक्ष यात्रीले पृथ्वीका आकर्षक तस्बिर सार्वजनिक गरेका छन् । अन्तरिक्षबाट खिचिएका तस्बिरमा पृथ्वी निलो रंगमा निकै सुन्दर देखिएको छ ।
एक तस्बिरमा पृथ्वीको गोलाकार घुमाउरो भाग देखिएको छ भने अर्को तस्बिरमा सेता बादलले ढाकिएको पूरै पृथ्वी स्पष्ट देखिन्छ । यी दृश्यले अन्तरिक्षबाट पृथ्वीको सुन्दरता झनै उजागर गरेको छ ।
अभियानमा सहभागी चार जना अन्तरिक्ष यात्रीमध्ये तीन जना अमेरिकी र एक जना क्यानडाका रहेका छन् । उनीहरू हाल पृथ्वीबाट करिब १ लाख ८० हजार किलोमिटर टाढा पुगिसकेका छन् भने अझै करिब २ लाख ४० हजार किलोमिटर यात्रा गर्न बाँकी छ । उनीहरू आगामी अप्रिल ६ सम्म चन्द्रमाको नजिक पुग्ने योजना रहेको छ । नासाले यो अभियान आधा पुरा भएको जानकारी दिएको छ ।
अप्रिल १ को बिहान ‘स्पेस लञ्च प्रणाली’ मार्फत ओरियन अन्तरिक्षयानमा सवार भएर उनीहरू चन्द्रमातर्फ प्रस्थान गरेका थिए । सन् १९७२ पछि पहिलोपटक मानिस चन्द्रमाको नजिक पुग्न लागेको हो । यद्यपि यस अभियानमा अन्तरिक्ष यात्रीले चन्द्रमामा अवतरण गर्ने छैनन् । उनीहरू चन्द्रमाको कक्षामा परिक्रमा गरेर पुनः पृथ्वी फर्कने कार्यक्रम रहेको छ ।
तस्बीर स्रोत: नासा
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।