काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो हार
७ श्रावण, २०८३, बिहिवार
- नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको थियो ।
काठमाडौं: काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।
नेपालले विहिबार सम्पन्न खेलमा श्रीलंकासँग हार बेहोरेको हो । पाकिस्तानको इस्लामाबादमा भएको खेलमा नेपाल श्रीलंकासँग ३-२ ले पराजित भएको हो । नेपालले दोस्रो र तेस्रो लगातार २ सेट जित्दा चौथो सेटमा निकै प्रतिस्पर्धात्मक खेलमा हार बेहोरेको थियो । त्यसपछि पाँचौं सेटमा भने नेपालले ८ बराबरी पछि निकै कम अंक ल्यायो । नेपालले श्रीलंकासँग २५–१८, २१–२५, १९–२५, २५–२१ र १५–१० ले खेल गुमाएको हो ।
लगातार २ खेलमा ५ सेट खेल्दै नेपालले तालिकामा २ अंक जोडेको छ । पहिलो खेलमा नेपालले काजकिस्तानसँग ३-२ ले पराजित भएको थियो । नेपालले तेस्रो खेलमा आयोजक पाकिस्तानसँग शुक्रबार खेल्ने तालिका छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
-
सुपर कम्युटरको दौडमा अमेरिकालाई चीनले उछिन्यो
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।