नेपाली महिला क्रिकेट टिम ४० रनमा अल आउट, हङकङसँग पराजित

२३ जेठ, २०८३, शनिवार
सारांश
  • हङकङले दिएको ११० रनको लक्ष्य पछाएको नेपाल १३.३ ओभरमा ४० रन बनाएर अल आउट भएको थियो । यो नेपाली महिला टिमले अहिलेसम्म बनाएको सबै भन्दा कम टोटल हो ।

काठमाडौँ: नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गतको खेलमा हङकङसँग पराजित भएको छ ।

 

शनिबार सम्पन्न खेलमा नेपाल हङकङसँग ६९ रनले पराजित भएको हो ।

 

हङकङले दिएको ११० रनको लक्ष्य पछाएको नेपाल १३.३ ओभरमा ४० रन बनाएर अल आउट भएको थियो । यो नेपाली महिला टिमले अहिलेसम्म बनाएको सबै भन्दा कम टोटल हो ।  

 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको हङकङ चाइनाले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो ।

 

यो जितपछि हङकङको ३ खेलमा ६ अंक भएको छ र समुह डी मा शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ भने नेपाल उपविजेता हुदै क्वाटरफाइनलमा पुगेको छ । अब नेपालले समुह ए को विजेतासँग खेल्ने छ ।     

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश

“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।

थप समाचार