एशियन गेम्स क्वालिफायर्स: नेपाली महिला टिम मलेसियासँग पराजित

१६ जेठ, २०८३, शनिवार
सारांश
  • नेपालले दिएको १२७ रनको लक्ष्य पछाएको मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो  ।

काठमाडौँ: नेपाल महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्सको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ ।

 

शनिबार भएको सेमिफाइनलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएको हो ।

 

नेपालले दिएको १२७ रनको लक्ष्य पछाएको मलेसियाले १८.४ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले २० ओभरमा ६ विकेट गुमाएर १२६ रन बनाएको थियो  ।

 

यो जितपछि फाइनलमा पुगेको मलेसिया महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट भएको छ । त्यस्तै नेपाल भने पराजित भएपछि अब तेस्रो स्थानका लागि चीनसँग खेल्ने छ । अब तेस्रो स्थानको खेल आइतबार हुने छ । त्यसैगरी फाइनलमा मलेसिया र थाइल्याण्ड आइतबार खेल्ने छन् । 

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार