आफ्नो रेकर्ड तोडेपछि क्रिस गेलले सुर्यबंशीलाई भने- नयाँ सिक्स मेसिन !

१४ जेठ, २०८३, बिहिवार
सारांश
  • क्रिस गेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- 'वैभव शानदार खेलाडी हुन् । यो युवा खेलाडीले उत्कृष्ट मनोरञ्जन दिए । नयाँ सिक्स मेसिन ।'

काठमाडौँ: वेस्ट इन्डिजका महान् ब्याट्सम्यान क्रिस गेलले भारतीय युवा खेलाडी वैभव सूर्यवंशीको विस्फोटक ब्याटिङको खुलेर प्रशंसा गरेका छन् । उनले सनराइजर्स हैदराबादविरुद्धको खेलपछि सूर्यवंशीलाई 'नयाँ सिक्स मेसिन' को संज्ञा दिएका हुन् ।

 

क्रिस गेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्- 'वैभव शानदार खेलाडी हुन् । यो युवा खेलाडीले उत्कृष्ट मनोरञ्जन दिए । नयाँ सिक्स मेसिन ।'

 

वैभव सूर्यवंशीले जारी आइपिएलमा क्रिस गेलको महत्वपूर्ण कीर्तिमान तोडेका छन् । उनले यस सिजन अहिलेसम्म ६५ छक्का प्रहार गरिसकेका छन् । यससँगै उनले आइपिएलको एक सिजनमा सर्बाधिक छक्काको यसअघि गेलको नाममा रहेको रेकर्ड तोडेका हुन् । गेलले २०१२ को आइपिएलमा ५९ छक्का प्रहार गरेर यो रेकर्ड बनाएका थिए ।

 

त्यस्तै, आइपिएलको एक इनिङमा १० वा सोभन्दा बढी छक्का प्रहार गर्ने कीर्तिमानमा पनि सूर्यवंशीले गेलको बराबरी गरेका छन् । अब दुवैले चार–चार पटक एकै इनिङमा १० भन्दा बढी छक्का प्रहार गरेका छन् ।

 

यस सिजनमा सुर्यबंशीले १५ खेलमा ६८० रन बनाएर सर्बाधिक रन बनाउने सुचिमा शिर्ष स्थानमा छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार