मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा
२०८३ जेठ १५ शुक्रवार
- ३८ वर्षीय मेसीले कतारमा भएको अघिल्लो विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो पटक विश्वविजेता बनाएका थिए । उनले हालसम्म विश्वकपमा २६ खेल खेलेका छन्, जुन कुनै पनि खेलाडीले खेलेको सबैभन्दा धेरै खेलको कीर्तिमान हो ।
काठमाण्डौ, १५ जेठ । लियोनेल मेसीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप फुटबल खेल्ने टिमको घोषणा गरिएको छ । प्रशिक्षक लियोनल स्कालोनीले मेसीको कप्तानीमा २६ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।
३८ वर्षीय मेसीले कतारमा भएको अघिल्लो विश्वकपमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनालाई तेस्रो पटक विश्वविजेता बनाएका थिए । उनले हालसम्म विश्वकपमा २६ खेल खेलेका छन्, जुन कुनै पनि खेलाडीले खेलेको सबैभन्दा धेरै खेलको कीर्तिमान हो ।
यसपटक मेसीसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि छैटौँ विश्वकप खेल्ने तयारीमा छन् । यी दुई खेलाडी पुरुष फुटबलमा छ वटा विश्वकप खेल्ने दुर्लभ सूचीमा रहनेछन् ।
अर्जेन्टिनाको टोलीमा एस्टन भिल्लाका गोलरक्षक एमिलियानो मार्टिनेज पनि समावेश छन् । उनले सन् २०२२ को विश्वकपमा उत्कृष्ट गोलरक्षकको पुरस्कार जितेका थिए । यस्तै म्यानचेस्टर युनाइटेडका लिसान्द्रो मार्टिनेज र टोटेनहमका क्रिस्टियन रोमेरो पनि टोलीमा रहेका छन् ।
लिभरपुलका एलेक्सिस म्याक एलिस्टर र चेल्सीका एन्जो फर्नान्डेजसहित प्रिमियर लिग खेल्ने पाँच खेलाडी अर्जेन्टिनाको टोलीमा रहेका छन् । आगामी विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने विश्वकपमा अर्जेन्टिना समूह ‘जे’ मा परेको छ । उसले पहिलो खेल क्यान्सस सिटीमा अल्जेरियाविरुद्ध खेल्नेछ । त्यसपछि डलासमा अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
अर्जेन्टिनाको विश्वकप टोलीः
गोलरक्षकः हुआन मुस्सो, जेरोनिमो रुल्ली, एमिलियानो मार्टिनेज ।
डिफेन्डरः लियोनार्दो बालेर्दी, निकोलस टालियाफिको, गोन्जालो मोन्टिएल, लिसान्द्रो मार्टिनेज, क्रिस्टियन रोमेरो, निकोलस ओटामेन्डी, फाकुन्डो मेडिना, नाहुएल मोलिना ।
मिडफिल्डरः लिएन्ड्रो परेडेस, रोड्रिगो डे पाउल, भालेन्टिन बार्को, जियोभानी लो सेल्सो, इजेकेल पालासियोस, एलेक्सिस म्याक एलिस्टर, एन्जो फर्नान्डेज ।
फरवार्डः जुलियन अल्भारेज, लियोनेल मेसी, निकोलस गोन्जालेज, थियागो आल्माडा, जुलियानो सिमियोने, निको पाज, होसे मानुएल लोपेज, लाउतारो मार्टिनेज ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।