नेपाल ए को लगातार दोस्रो जित, अमेरिकाविरुद्ध ३ विकेटले विजयी
२५ बैसाख, २०८३, शुक्रवार
- अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ए ले मयन यादवको ७२, सन्दीप जोराको ३६, कुशल मल्लको ३३, कप्तान अनिल कुमार शाहको २७ र पवन सराफको अविजित २४ रनको सहयोगमा ४९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
काठमाडौँ: नेपाल ए ले लगातार दोस्रो जित हासिल गरेको छ । शुक्रबार माथिल्लो मूलपानी मैदानमा सम्पन्न खेलमा नेपाल ए ले अमेरिकालाई ३ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपाल ए ले मयन यादवको ७२, सन्दीप जोराको ३६, कुशल मल्लको ३३, कप्तान अनिल कुमार शाहको २७ र पवन सराफको अविजित २४ रनको सहयोगमा ४९.१ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको थियो । अमेरिकाका लागि समित पटेलले ११६ रनको शतकीय पारी खेलेका थिए ।
अब नेपाल ए ले यसअघि विहिबार सम्पन्न खेलमा स्कटल्याण्डलाई पनि पराजित गरेको थियो । अब अर्को खेल मे ९ मा स्कटल्याण्डसँग र मे ११ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाल ए को लगातार दोस्रो जित, अमेरिकाविरुद्ध ३ विकेटले विजयी
-
प्रधानन्यायाधीश सिफारिश प्रकरणमा हर्क साम्पाङले गरे उपसभामुखको आलोचना
-
मीना खरेललाई नेपाल महिला संघको जिम्मेवारी, फागुन १५ भित्र महाधिवेशन गर्ने कार्यादेश
-
घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासुविरुद्ध मुद्धा दायर
-
रास्वपाले सांसदहरूलाई दुई दिने संसदीय प्रशिक्षण दिने
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।