- लखनउ सुपर जाइन्टले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ ।
काठमाण्डौ, २५ वैशाख । लखनउ सुपर जाइन्टले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले बैंगलुरुलाई डिएलएस मेथड अनुसार ९ रनले पराजित गरेको हो ।
बैंगलुरुले डिएलएस मेथड अनुसार १९ ओभरमा २१३ रनको लक्ष्य पाएको थियो । जसमा बैंगलुरुले १९ ओभरमा ६ विकेट गुमाएर २०३ रन मात्र बनाउन सकेको थियो । बैंगलुरुका लागि कप्तान रजत पाटिदारले सर्बाधिक ६१ रन बनाए भने टिम डेविडले ४०, देवदत्त पाडिकलले ३४, क्रुनाल पाण्डेयले अविजित २८ र रोमारियो शेफार्डले अविजित २३ रन बनाएका थिए । त्यस्तै लखनउका बलर प्रिन्स यादवले ३, शह्बाज अहमदले २ विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिंग गरेको लखनउले १९ ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्शले १११ रनको शतकीय पारी खेलेका थिए भने निकोलस पुरनले ३८ र ऋषव पन्तले अविजित ३२ रन बनाएका थिए ।
जारी आइपिएलमा लखनउको यो १० खेलमा तेस्रो जित हो । यो जितपछि लखनउ ६ अंकसहित पुछारमा नै रहेको छ । त्यस्तै बैंगलुरुको भने यो यस सिजनको चौथो हार हो । १० खेलमा १२ अंक रहेको बैंगलुरु तेस्रो स्थानमा रहेको छ ।
जारी आइपिएल अन्तर्गत आज दिल्ली क्यापिटल्स र कोलकोता नाइट राइडर्सबीच खेल हुँदैछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
नेपाल ए को लगातार दोस्रो जित, अमेरिकाविरुद्ध ३ विकेटले विजयी
-
प्रधानन्यायाधीश सिफारिश प्रकरणमा हर्क साम्पाङले गरे उपसभामुखको आलोचना
-
मीना खरेललाई नेपाल महिला संघको जिम्मेवारी, फागुन १५ भित्र महाधिवेशन गर्ने कार्यादेश
-
घुससहित पक्राउ परेका वैदेशिक रोजगार विभागका नासुविरुद्ध मुद्धा दायर
-
रास्वपाले सांसदहरूलाई दुई दिने संसदीय प्रशिक्षण दिने
धेरै पढिएको
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।