- पञ्जाव किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
काठमाण्डौ, ०४ वैशाख । पञ्जाव किंग्सले जारी आइपिएलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जाव किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १९६ रनको लक्ष्य पछाएको पञ्जावले १६.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । पञ्जावका लागि प्रभसिमरन सिंहले अविजित ८० रन बनाएका थिए भने कप्तान श्रेयस अय्यरले ६६ रन बनाएका थिए ।
यसअघि पहिला ब्याटिंग गरेको मुम्बईले क्वेंटन डिककको ११२ रनको शतकीय पारी र नमन धीरको ५० रन मद्धतले २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो ।
यो जितपछि पञ्जाव ५ खेलमा ९ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै मुम्बईले भने ५ खेलमा चौथो हार बेहोरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
६ वटै दलको घोषणापत्र समेटेर सरकारले ल्यायो ‘राष्ट्रिय प्रतिबद्धतापत्र’
-
बालेन्द्र सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?
-
कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
-
उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिबेदनमा के छ ? - हेर्नुहोस पुर्णपाठ
-
के इन्डक्सनमा पानी पर्दा साच्चै बिजुलीको झट्का लाग्छ ?
विशेष
इरानको आन्तरिक संरचना र मध्यपूर्वको युद्ध
मध्यपूर्वमा डलर, तेल, र धर्मको मिश्रणले राजनीति, कूटनीति, र द्वन्द्व सिर्जना गरेको छ । यसले मुख्य उद्देश्य सभ्यताको रक्षा तथा नेतृत्व जस्तो देखिन सक्छ । यही कारणले यो संघर्ष करिब अन्तहीन जस्तो देखिन्छ । केही समयको विश्रामपछि नयाँ संस्करणको युद्ध फेरि सुरु हुन्छ ।