देश आतंकको छायाँमुनि चलिरहेको छ, सबै क्षेत्रमा निराशा बढ्यो- ओली
२ मार्ग, २०८३
- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायाँमुनि चलिरहेको टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए ।
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश आतंकको छायाँमुनि चलिरहेको टिप्पणी गरेका छन् । बुधबार राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले स्वेच्छाचारी शासन चलिरहेको बताए ।
उनले भने- 'अहिले देश आतंकको छायाँमुनि, भय र त्रासको वातावरणमुनि, असंवैधानिक गैरकानुनी क्रियाकलापको पेलाइमा स्वेच्छाचारी शासनअन्तर्गत चलिरहेको छ ।'
उनले फासीवादतर्फ, दमनकारी प्रतिशोधी व्यवहार अघि बढिरहेको बताउदै आर्थिक हिसाबले देश अधोगतिमा गइरहेको र सामाजिक मूल्यमान्यता खस्किरहेको टिप्पणी गरेका छन् ।
यस्तो अवस्थामा सबै जनता अगाडी आउनुपर्ने भन्दै एमालेले सबैलाई एक ठाउमा ल्याएर आन्दोलनको नेतृत्व गर्ने बताए ।
ओलीले अहिलेको सरकार जनताप्रति उत्तरदायी नभएको बताउदै निर्वाचनपश्चात बनेको सरकारको कामबाट सबै क्षेत्रमा निराशा मात्र बढिरहेको बताए । उनले असंवैधानिक ढंगले भएको संसद् विघटन भएको दोहोर्याए।
ओलीले अदालतले केही नभएजस्तो गरी असंवैधानिक ढंगले विघटन भएको संसद्को मुद्दा केही नभएजस्तो गरी अदालतमा थन्किएको भन्दै आपत्ति जनाए ।
उनले जनतालाई झुक्याएर छलेर जेनजी विद्रोहको बहाना बनाएर तालिम प्राप्त अपराधि भित्र्याएर देशमा वितण्डता मनाइएको र राज्यका तीनै अंगमाथि हमला भएको टिप्पणी गरे ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
बालेन सरकारको ६ महिना: भारत, चीन र अमेरिकासँगको सम्बन्धमा ‘रिसेट’ कि अन्योल?
बालेन सरकारको छ महिनामा भारत, चीन र अमेरिकासँग प्रारम्भिक दूरीबाट व्यावहारिक संलग्नतातर्फ केही परिवर्तन देखिएको विश्लेषण कार्यक्रममा प्रस्तुत भयो। अबको चुनौती भनेको अन्तर्राष्ट्रिय दृश्यता र कूटनीतिक सम्पर्कलाई विद्युत् व्यापार, लगानी, प्रविधि, रोजगारी र आर्थिक अवसरमा कसरी रूपान्तरण गर्ने भन्ने देखिन्छ।