- आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
काठमाण्डौ, २९ श्रावण । आज संघीय संसदका तीन समितिको बैठक बस्दैछ । जस अनुसार आज प्रतिनिधि सभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ ।
दिउसो साढे २ बजे बस्ने गरि बोलाइएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्र मामिला सम्बन्धी समसामायिक विषयमा विज्ञहरुसँग छलफलको कार्यसूची रहेको छ ।
त्यसैगरी, बिहान साढे १० बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ माथि छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै, बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्था सम्बन्धी निरिक्षण तथा अवलोकन उपसमितिबाट समितिमा पेश भएको प्रतिवेदन, २०८३ पारित गर्ने कार्यसूची रहेको छ । आजको बैठकका लागि गृहमन्त्री, कानुनमन्त्री, गृह सचिव, कानुन सचिव, प्रहरी महानिरीक्षक र कारागार व्यवस्थापन विभागका महानिर्देशकलाई छलफलका बोलाएको समितिले जनाएको छ ।
त्यसैगरी, बिहान ११ बजे बोलाइएको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा मानव अधिकारको वर्तमान अवस्था र आयोगको विभिन्न प्रतिवेदनहरूको कार्यान्वयन सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग छलफलको कार्यसूची रहेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।