देउवा दम्पतिको नेपाल फर्केर अनुसन्धानमा सघाउने प्रतिबद्धता, कहिले आउछन् ?
२०८३ असार ०३ बुधवार
- उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन् ।
काठमाडौं: पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणाले आगामी साउन २८ गतेभित्र नेपाल फर्किने जानकारी सरकारलाई गराएका छन् ।
उनीहरूले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई इमेलमार्फत पत्राचार गर्दै नेपाल फर्किने जानकारी दिएका हुन् ।
स्वास्थ्य उपचारका क्रममा नेपालबाहिर रहेका देउवा दम्पतीले विभागको अनुसन्धानमा सहयोग गर्ने बताउदै पत्र पठाएका छन् । विभागका महानिर्देशकलाई सम्बोधन गरी पठाइएको पत्रमा उनीहरूले आफूहरूविरुद्ध भ्रमपूर्ण भाष्य सिर्जना नगर्न र धरपकड नगर्नसमेत अनुरोध गरेका छन्।
पत्रमा भनिएको छ- ‘हाम्रो उद्देश्य कुनै प्राविधिक आधारमा हामीविरुद्धको अनुसन्धानलाई रोकछेक, प्रतिरोध गर्ने नभई कानुनसम्मत, खुला प्रमाणका आधारमा र पारदर्शी अनुसन्धानबाट हामी निर्दोष रहेको कुरा प्रमाणित गर्ने रहेको छ । आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि तहाँ उपस्थित भई अनुसन्धानमा सहयोग गर्न हामी तत्पर रहेको कुरा प्रारम्भिक रूपमै स्पष्ट गर्न चाहेका छौं ।’
पत्रमा देउवा दम्पतीले आफूहरूविरुद्ध धरपकड नगर्न सर्वोच्च अदालतबाट गत जेठ ११ गते अन्तरिम आदेश भइसकेको स्मरण गराएको विभाग स्रोतले जानकारी दिएको छ ।
गत असोज महिनामा परेको उजुरीका आधारमा विभागले अनुसन्धान टोली गठन गरेको थियो। अनुसन्धान टोलीले देउवाको ध्वस्त भएको भवनमा बसी अनुसन्धान गरिसकेको थियो । तर, २०८२ फागुन १३ गते नेपाल बाहिर जाने दिनसम्म पनि विभागबाट उपस्थित हुन कुनै पत्र प्राप्त नभएको देउवाले बताएका छन् ।
देउवा दम्पतीले आफूहरूविरुद्ध अख्तियारलगायत कुनै संवैधानिक निकायले छानबिन नगरेको र विभागको छानबिनबाट समेत कुनै बहुमूल्य वस्तु फेला नपरेको जिकिर गरेका छन्। उनीहरू २०८२ फागुन १३ गते सिंगापुर प्रस्थान गरेका थिए ।
यसैबीच देउवा दम्पतिलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्न सरकारले गरेको प्रयास भने असफल भएको छ । इन्टर पोलले देउवा दम्पतिलाई पक्राउ गर्न रेड कर्नर नोटिस जारी गर्न प्रमाण अपुग भएको भन्दै अस्वीकार गरेको बुझिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
पिआर लिएर विदेश बसेका दुई कर्मचारीलाई कारबाही सिफारिस, अन्यको पनि खोजी हुँदै
-
२९ खर्ब ६१ अर्ब १९ करोड पुग्यो सार्बजनिक ऋण
-
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर
-
वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा
-
आर्थिक सुधारका लागि बजेट नै कुर्नुपर्ने अवस्था छैन- अर्थमन्त्री डा. वाग्ले
धेरै पढिएको
-
मेस्सीको जादुमयी ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित
-
मस्कको न्युरालिंकलाई पछि पार्दै चीनमा मस्तिष्क चिप ‘निओ’ लाई व्यावसायिक अनुमति
-
सिंहदरबार भित्रको सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल, दुई लाख जरिवाना
-
एप्पलको सिरी एआईको नयाँ रूप सार्वजनिक, टिम कुकको बिदाइ
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।