वीरगञ्ज चिनी र जनकपुर चुरोट कारखानालाई पुनः सञ्चालनयोग्य बनाउन रुसको इच्छा

२०८३ असार ०३ बुधवार
सारांश
  • उनले जलविद्युत्, कृषि, स्वास्थ्य तथा भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग गर्न रुस इच्छुक रहेको उल्लेख गरेका थिए ।

काठमाडौँ: उपराष्ट्रपति रामसहाय प्रसाद यादव र नेपालका लागि रुसी महासंघका आवासीय राजदूत एलेक्सी भ्लादिमिरोभिच सुरोभत्सेभबीच शिष्टाचार भेटवार्ता भएको छ ।

 

बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा राजदूत सुरोभत्सेभले नेपाल सरकारबाट आवश्यक प्रस्ताव आएमा वीरगञ्ज चिनी कारखाना र जनकपुर चुरोट कारखाना जस्ता औद्योगिक प्रतिष्ठानलाई पुनः सञ्चालनयोग्य बनाउन रुसी पक्ष तयार रहेको जानकारी गराएका थिए ।

 

राजदूत सुरोभत्सेभले नेपाल–रुस सम्बन्धलाई अझ सुदृढ बनाउन आफ्नो देश निरन्तर सहयोग गर्न तयार रहेको बताए । उनले जलविद्युत्, कृषि, स्वास्थ्य तथा भौतिक पूर्वाधारका क्षेत्रमा सहयोग गर्न रुस इच्छुक रहेको उल्लेख गरेका थिए ।

 

भेटमा उपराष्ट्रपति यादवले सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र रुसबीच मित्रवत् सम्बन्ध कायम रहँदै आएको उल्लेख गर्दै त्यसप्रति सन्तोष व्यक्त गरे । उनले यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पूरा हुने प्रसंग उठाउँदै आपसी सम्मान, समझदारी र मित्रतामा आधारित सम्बन्धलाई नेपालले उच्च महत्वका साथ स्मरण गर्ने बताए ।

 

उनले नेपालले सोभियत संघ कालदेखि नै मानव संसाधन विकास, पर्यटन, उद्योग तथा यातायात पूर्वाधारका क्षेत्रमा रुसबाट प्राप्त सहयोगको प्रशंसा गरे । पछिल्ला वर्षमा दुई देशबीच सांस्कृतिक तथा जनस्तरमा आदानप्रदान बढ्दै गएकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरेको उपराष्ट्रपति यादवको सचिवालयले जनाएको छ ।

 

भेटका क्रममा उपराष्ट्रपति यादवले रुसी महासंघको राष्ट्रिय दिवसको अवसरमा रुसी जनताको सुख, शान्ति र समृद्धिको शुभकामना समेत दिए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार