नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर

२०८३ असार ०३ बुधवार
सारांश
  • कक्षा ८ र एसएलसीको नतिजापत्र तथा चरित्र प्रमाणपत्र नक्कली पेस गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयअन्तर्गतको बालविकास केन्द्रमा कार्यरत एक सहयोगी कार्यकर्तामाथि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवा लिएको आरोपमा मुद्दा दायर गरेको छ ।

 

अनुसन्धानका क्रममा बिना कुमारी राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिनका लागि कक्षा ८ र एसएलसीको नतिजापत्र तथा चरित्र प्रमाणपत्र नक्कली पेस गरेको पुष्टि भएको अख्तियारले बताएको छ ।

 

उक्त झुट्टा कागजातका आधारमा उनले सरकारी सेवा सुविधा र लाभ लिएको निष्कर्ष निकाल्दै भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको मागसहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको बताएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार