सभापति थापाबाट काँग्रेस केन्द्रीय सदस्यमा १९ जना मनोनित

२८ बैसाख, २०८३, सोमवार
सारांश
  • काँग्रेस केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । मनोनित हुने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरु रहेका छन् ।

काठमाडौँ: नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

 

काँग्रेस केन्द्रीय कार्यालयका कावा मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सभापति थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । मनोनित हुने पूर्व सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला पक्षका नेताहरु रहेका छन् ।

 

जसमा महेन्द्र यादव— धनुषा, जीवन परियार— कास्की, उमेश श्रेष्ठ — चितवन, रमेश रिजाल  —पर्सा, सुजाता कोइराला- मोरङ, दिलेन्द्रप्रसाद बडू- दार्चुला, डा. चन्द्रकान्त भण्डारी- गुल्मी, अजयकुमार चौरसिया- पर्सा, लक्ष्मी परियार- उदयपुर, आङ्गेलु शेर्पा- सोलुखुम्बु, दिनेशकुमार यादव- सप्तरी, राजीव कोइराला- सुनसरी, राजीव ढुंगाना- सुनसरी, प्रा.डा. गोविन्दराज पोखरेल- प्यूठान,  सुशिला मिश्र भट्ट- कैलाली, नागिना यादव- महोत्तरी, दिनेश कोइराला- चितवन, डा. जीवन राना- कैलाली र सीता थपलिया (उर्मिला)- धादिङ रहेका छन् ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट

१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।

थप समाचार