इरान युद्धलाई लिएर अमेरिकी रक्षामन्त्री हेगसेथविरुद्ध महाभियोगको तयारी
२३ कार्तिक, २०८३
- अमेरिकामा मध्यावधि निर्वाचनमा सफलता पाएपछि डेमोक्रेटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि दबाब बढाउने तयारी गरेको छ ।
काठमाडौं : अमेरिकामा मध्यावधि निर्वाचनमा सफलता पाएपछि डेमोक्रेटिक पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमाथि दबाब बढाउने तयारी गरेको छ ।
पार्टीका तल्लो सदनका नेता हाकिम जेफ्रिजले रक्षामन्त्री पीट हेगसेथविरुद्ध महाभियोग प्रस्तावको समर्थन गरेका छन् ।
जेफ्रिजले हेगसेथमाथि शक्तिको दुरुपयोग गरेको, राष्ट्रिय सुरक्षा कमजोर बनाएको र इरानसँग अनावश्यक युद्ध सुरु गरेको आरोप लगाएका छन् ।
रिपब्लिकन सांसद थोमस मेसीले तयार पारिरहेको महाभियोग प्रस्तावमाथि संसद् पुनः सञ्चालन भएपछि छलफल गरिने उनले बताएका छन् ।
यता हेगसेथले भने महाभियोगको पहललाई आफ्नो छवि बिगार्ने राजनीतिक प्रयास भन्दै अस्वीकार गरेका छन् । डेमोक्रेटिक सांसदहरूले ट्रम्प प्रशासनका कामकारबाहीमाथि व्यापक संसदीय अनुसन्धान गर्ने तयारीसमेत गरेका छन् ।
तर डेमोक्रेटिक पार्टीकै केही नेताले महाभियोग र अनुसन्धानमा मात्र केन्द्रित हुनुभन्दा सर्वसाधारणको जीवनयापन, बढ्दो महँगी र आर्थिक समस्यालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प प्रशासनको अनुसन्धानमा मात्रै समय खर्च नगरी श्रमिक तथा सर्वसाधारणका समस्या समाधानमा ध्यान दिनुपर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।