इजरायलमा नयाँ सरकार गठनको निर्णय आज हुँदै

२१ कार्तिक, २०८३
सारांश
  • गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको छ ।

काठमाण्डौ, २१ कार्त्तिक । इजरायलका राष्ट्रपति इसाक हर्जोगले नयाँ सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय आज घोषणा गर्ने भएका छन् ।

 

गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनमा कुनै पनि पक्षले बहुमत प्राप्त गर्न नसकेपछि सरकार गठनको विषय अन्योलमा परेको छ ।

 

विपक्षी नेता गादी आइजेनकोटलाई अरब दलका १९ सांसदसहित कुल ६७ सांसदको समर्थन प्राप्त भएको दाबि गरिएको छ । यता प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको पक्षमा ४६ सांसद देखिएका छन् भने सात सांसदले कुनै पक्षलाई समर्थन गरेका छैनन् ।

 

तर, आइजेनकोटलाई समर्थन गरेको दक्षिणपन्थी दल इजरायल बेइतेनुले अरब दलको समर्थनमा बन्ने सरकारमा सहभागी नहुने संकेत दिएको छ । अर्कोतर्फ, यहुदी धार्मिक दलले नेतन्याहूलाई समर्थन गर्न अस्वीकार गरेको छ ।

 

राष्ट्रपति हर्जोगले संसदीय समर्थन र राजनीतिक दलबीचको सहकार्यको सम्भावना हेरेर सरकार गठनको जिम्मेवारी कसलाई दिने भन्ने निर्णय गर्ने बताइएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

थप समाचार