लक्ष्मीपूजामा विद्युतको उच्चतम माग व्यवस्थापन, ५८७ मेगावाट भारत निर्यात
२३ कार्तिक, २०८३
- प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ ।
काठमाडौं : प्राकृतिक विपद्का कारण विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुगे पनि नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरेको छ ।
आन्तरिक माग पूरा गरेर प्राधिकरणले भारततर्फ समेत ५८७ मेगावाटभन्दा बढी विद्युत् निर्यात गरेको छ ।
प्राधिकरणका अनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुगेको थियो । उक्त समयमा कुल प्रणालीको उच्चतम भार २ हजार ४००.३० मेगावाट रहेकामा ५८७.३० मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । यस अवधिमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट १ हजार ५३६.५० मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९.२० मेगावाट, नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२.३० मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो ।
प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रमा करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गर्नु प्राधिकरणका लागि चुनौतीपूर्ण थियो ।
प्राधिकरणको तथ्यांकअनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग १ हजार ७४५ मेगावाट र २०८१ सालमा १ हजार ६०२ मेगावाट पुगेको थियो । यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो ।
त्यस्तै, काठमाडौं उपत्यकाको विद्युत् माग यस वर्ष ४८९ मेगावाट पुगेको छ । गत वर्ष उपत्यकाको उच्चतम माग ४०२ मेगावाट रहेको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार विद्युत् प्रणाली अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो । सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहित आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो ।
कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्ने गरी प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
रोनाल्डोको खेल जीवनमा थुप्रै ऐतिहासिक उपलब्धि, अविश्वसनीय गोल र ठूला उपाधि जोडिएका छन् । उनले स्पोर्टिङ, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, युभेन्टस र अल नासरबाट खेल्दै विश्व फुटबलमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।