गगनको ‘तर्सिने बानी परेन’ स्ट्याटसपछि सौरभ राज पन्तको सुझाव—बालेन, गगन र रविलाई : ‘चेकमेट आफ्नै पक्षलाई होइन, बाह्य शक्तिकेन्द्रलाई दिन सक्नुपर्छ’
१७ कार्तिक, २०८३
- अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपालले आफ्नै आन्तरिक शक्ति र संस्थाहरूबीच द्वन्द्व बढ्न दिन नहुने पन्तको भनाइ छ ।
काठमाण्डौ, १७ कार्त्तिक । ‘एआईको युगमा नेपाल’ अभियानका संयोजक सौरभ राज पन्तले बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा नेपालको राष्ट्रिय हितको रक्षा गर्न आन्तरिक राजनीतिक तथा संस्थागत समझदारी अपरिहार्य रहेको बताएका छन् ।
नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जालमा लेखेको पछिल्लो स्ट्याटस— ‘अहिले ठीक १८:०० बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन।’—लाई सन्दर्भ बनाउँदै पन्तले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।पन्तले जंगी अड्डा, नक्सालस्थित प्रहरी प्रधान कार्यालय, रवि लामिछाने, बालेन शाह र गगन थापाबीच राष्ट्रिय हितका विषयमा साझा समझदारी र समन्वय कायम हुनुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार दिल्ली, वासिङ्टन डीसी र बेइजिङसँग नेपालको हितअनुकूल प्रभावकारी संवाद तथा कूटनीतिक वार्ता गर्नुअघि मुलुकभित्रै राजनीतिक नेतृत्व, सुरक्षा निकाय र राज्यका संस्थाहरूबीच आवश्यक ‘ट्युनिङ’ मिल्नुपर्छ । आन्तरिक रूपमा अविश्वास र असमझदारी कायम राखेर बाह्य शक्तिकेन्द्रहरूसँग प्रभावकारी रूपमा डिल गर्न नसकिने उनको तर्क छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलनको प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपालले आफ्नै आन्तरिक शक्ति र संस्थाहरूबीच द्वन्द्व बढ्न दिन नहुने पन्तको भनाइ छ ।
उनले भनेका छन्, “सतरञ्जको खेलमा चेकमेट आफ्नै पक्षलाई होइन, बाह्य शक्तिकेन्द्रलाई दिन सक्नुपर्छ ।” पन्तका अनुसार नेपालको आन्तरिक राजनीतिक शक्ति र नेतृत्व विभिन्न दिशामा विभाजित देखिएको अवस्थामा साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्नु झन् आवश्यक छ । राष्ट्रिय हितका सवालमा राजनीतिक दल, सुरक्षा निकाय, संस्थागत नेतृत्व र अन्य सरोकारवालाबीच संवाद, समन्वय र सहकार्य हुनुपर्ने उनले बताएका छन् ।
यसै सन्दर्भमा पन्तले ‘एआईको युगमा नेपालका लागि साझा बाटो खोज्दै’ खुला राष्ट्रिय अभियानको औचित्यसमेत पुनः स्मरण गराएका छन् । बदलिँदो भू-राजनीतिक परिवेशमा नेपालको राष्ट्रिय स्वार्थ, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र दीर्घकालीन समृद्धिको संरक्षणका लागि व्यापक राष्ट्रिय समझदारी आवश्यक रहेको उनको धारणा छ ।
उनले राष्ट्रिय स्वार्थ र सार्वभौमिकताको रक्षा गर्न आन्तरिक एकतालाई नेपालको प्रभावकारी अन्तर्राष्ट्रिय कूटनीतिको आधार बनाउनुपर्ने बताएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
काठमाण्डौलाई भ्रष्टाचारका गतिविधिको दृष्टिकोणबाट मात्र नभई जासुसी तथा गुप्तचर गतिविधिको सम्भावित केन्द्रका रूपमा समेत अध्ययन गर्नुपर्छ - अभियान संयोजक सौरभ राज पन्त
-
उत्तर कोरियाले अस्वीकार गर्यो बाइनान्सको क्रिप्टो चोरी
-
रोमाञ्चक खेलमा जनकपुरमाथि विराटनगर २ रनले विजयी
-
नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब ६५ करोडको कारोबार
-
इरानको केश्म टापुमा अमेरिकी आक्रमण, शृंखलाबद्ध विस्फोट
धेरै पढिएको
विशेष
न्यायालय विवादमा पहिला अनुसन्धान की सिधै महाभियोग !
बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलबीच विचाराधीन मुद्दाका विषयमा ह्वाट्सएपमार्फत कुराकानी भएको विवरण सार्वजनिक भएपछि विवाद थप चर्किएको हो ।