- श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए ।
काठमाडौँ: नेपालभाषा र नेपाली भाषाका जनकवि, गीतकार, नाटककार तथा चिन्तक दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ ।
श्रेष्ठको आइतबार राति बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो । उनी पछिल्लो समय अस्वस्थ थिए ।
श्रेष्ठले पछिल्लो छ दशकदेखि निरन्तर साहित्य सिर्जना गर्दै आएका थिए । उनले नेपालभाषासँगै नेपाली भाषामा कविता, गीत, नाटक तथा अन्य साहित्यिक विधामा महत्वपूर्ण योगदान दिएका छन्। नेपाल भाषा परिषद्ले करिब दुई दशकअघि उनलाई ‘जनकवि’को उपाधिबाट सम्मान गरेको थियो ।
उनले नेपाली रङ्गमञ्चमा नौलो प्रयोगका रूपमा ‘रामबहादुरको संसार’ जस्तो नाटक लेखेका थिए । उनका नाटकबाट मदनदास श्रेष्ठ र हरिहर शर्माजस्ता कलाकारले रङ्गमञ्चमा पहिचान बनाएका थिए ।
श्रेष्ठ स्वरसम्राट् नारायणगोपालका प्रिय गीतकारका रूपमा पनि परिचित थिए । अम्बर गुरुङको सङ्गीतमा निर्मला श्रेष्ठले गाएको ‘सयथरि गोडा एउटै चाल’ तथा न्ह्यू बज्राचार्यको सङ्गीतमा रहेको ‘फूलको आँखामा फूलै संसार’ उनका चर्चित गीत हुन् । ‘फूलको आँखामा फूलै संसार’ नेपाली संगीतप्रेमीको मनमुटुमा बस्न सफल उनको लोकप्रिय सिर्जनामध्ये एक हो । उनका कविता, गीत र नाट्य सिर्जनाले नेपाली तथा नेपालभाषाको साहित्य र संगीत क्षेत्रमा दीर्घकालीन प्रभाव छाडेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।