- खाना पकाउने ग्यास अभाव भएका उपभोक्ताका लागि काठमाण्डौका सात स्थानबाट आज ग्यास सिलिन्डर बिक्री गरिने भएको छ ।
काठमाण्डौ, ३१ श्रावण । खाना पकाउने ग्यास अभाव भएका उपभोक्ताका लागि काठमाण्डौका सात स्थानबाट आज ग्यास सिलिन्डर बिक्री गरिने भएको छ ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाण्डौको समन्वयमा विभिन्न ग्यास उद्योगका सिलिन्डर बिक्री गर्न लागिएको हो । निगमका अनुसार निगमको टेकु परिसर, बूढानीलकण्ठको चपलीस्थित पशु सेवा शाखा, कीर्तिपुरको राधास्वामी परिसर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरी नगरपालिका कार्यालय र ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट ग्यास बिक्री गरिनेछ ।
त्यस्तै टेकुबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री हुनेछन् भने चपलीबाट नेपाल, एचपी र भानु तथा कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन् ।
नयाँ बजारबाट नेपाल, एचपी र ओम तथा तारकेश्वरबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। चन्द्रागिरीबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ ।
निगमले ग्यास आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री-वितरण गरिरहेको जनाएको छ । विक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका र अत्यावश्यक भएका उपभोक्ताले मात्र नागरिकता वा राष्ट्रिय परिचयपत्र लिएर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका स्थानमा पुगेर ग्यास खरिद गर्न सक्नेछन् । निगमले अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई मात्र उक्त बिक्री केन्द्रबाट ग्यास खरिद गर्न आग्रह गरेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
हिजबुल्लाहका वरिष्ठ कमान्डर मारिएको इजरायलको दाबी
-
मधेस प्रदेशमा ‘शिक्षा संवाद’: शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव
-
पार्टीमा ओलीको विरोध गर्नेलाई महेश बस्नेतले दिए लामखुट्टेको संज्ञा
-
सरकारले रेडिसन होटलको ग्यास बारे गरेको टिप्पणीप्रति चेम्बरको आपत्ति
-
सरकारले 'शिक्षा संवाद' मा बेवास्ता गरेको भन्दै शिक्षक महासंघको आपत्ति
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।