मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार

२९ श्रावण, २०८३, शुक्रवार
सारांश
  • कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा रहेका १ जना पुजारी र २ जना भक्तजनको सकुशल उद्धार गरिएको हो ।

पोखरा: मोदी खोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले शुक्रबार बिहान सकुशल उद्धार गरेको छ ।

 

कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा रहेका १ जना पुजारी र २ जना भक्तजनको सकुशल उद्धार गरिएको हो ।

 

लगातार वर्षाको कारण सो खोलामा आएको बाढीले मन्दिरमा आवतजावत गर्ने दुई वटा फलामको पुल बगाउनुकोसाथै मन्दिरको आधा भाग समेत कटान गरेपछि उनीहरु उक्त मन्दिरमा अलपत्र परेका थिए ।

लगातार वर्षा र सो खोलामा आएको बाढीको कारण उद्धार गर्न कठिनाई भएपछि सो टोलीले पुनः बिहान रोप रेस्क्यु विधि अपनाई उनीहरु तीनै जनालाई सकुशल उद्धार गर्न सफल भएको हो ।

 

उद्धार गरिएकाहरुमा सोही जिल्लाको पोखरा महानगरपालिका–१८ साराङकोट बस्ने २८ बर्षिय प्रदिप ढकाल, सर्लाही जिल्ला घर भई हाल अन्नपूर्ण गाउँपालिका–८ बस्ने ३० बर्षिय रेवन्त प्रसाद सिंह र भारत घर भएका ५२ बर्षिय निर्माण गिरी छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार