पहिरोका कारण विपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२०८३ श्रावण २५ सोमवार
सारांश
  • रातभर परेको वर्षाका कारण आएको लेदो र पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

काभ्रे, २५ श्रावण । रातभर परेको वर्षाका कारण आएको लेदो र पहिरोले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

 

बिहान करिब ४ बजे काभ्रेको रोशी गाउँपालिका–९ स्थित पिन्थली–नार्के क्षेत्रमा माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।

 

पहिरोका कारण सडकको दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।

 

प्रहरीका अनुसार पहिरो पन्छाउने काम भईरहेकोले सडक सकेसम्म छिटो सञ्चालनमा आउन सक्ने बताउदै यात्रु तथा सवारी चालकलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार