विश्वकपमा समुह ए का अन्तिम खेल भोली बिहान, कस्तो छ नकआउट चरणको समीकरण ?

१० आषाढ़, २०८३, बुधवार
सारांश
  • त्यस्तै दक्षिण कोरिया अघिल्लो चरण पुग्ने बलियो अवस्थामा छ । मेक्सिकोसँगको नतिजाका कारण उसले समूह विजेता भने अंक बराबर भएमा पनि बन्न सक्दैन । दक्षिण कोरियालाई नक आउट चरणमा जान बराबरी मात्रै पर्याप्त हुनेछ । चेक गणतन्त्रले मेक्सिकोलाई हराए पनि दक्षिण अफ्रिकाविरुद्ध बराबरी खेले दक्षिण कोरियाले अघिल्लो चरणमा स्थान बनाउनेछ ।

काठमाडौँ: जारी फिफा फुटबल विश्वकप अन्तर्गत समूह ‘ए’ को अन्तिम खेल भोली बिहान हुदैछ । अन्तिम खेलमा मेक्सिको र चेक गणतन्त्र तथा दक्षिण कोरिया र दक्षिण अफ्रिका आमने सामने हुदैछन् ।  दुवै खेल नेपाली समय अनुसार भोली बिहान ६: ४५ बजेदेखि शुरु हुदैछन् । 

 

आयोजक राष्ट्र मेक्सिको नकआउट चरणमा पुगिसकेको छ भने दक्षिण कोरिया २ खेलमा ३ अंक हासिल गरेर दोस्रो स्थानमा छ । अर्कोतर्फ चेक गणतन्त्र र दक्षिण अफ्रिका भने अन्तिम ३२ मा स्थान बनाउन संघर्षरत छन् । दुवैको २-२ खेलमा १-१ अंक रहेको छ ।  

 

मेक्सिकोले पछिल्लो खेलमा दक्षिण कोरियालाई १-० ले हराउँदै समूहको शीर्ष स्थान सुनिश्चित गरिसकेको छ । त्यसैले अब उसको मुख्य लक्ष्य खेलाडीलाई चोट र पहेँलो कार्डबाट जोगाउँदै नकआउट चरणका लागि तयारी गर्नु हुनेछ ।

 

तर चेक गणतन्त्रको अवस्था चुनौतीपूर्ण छ । दक्षिण अफ्रिकासँग बराबरी खेलेपछि उसले अघिल्लो चरण पुग्न कठिन बाटो तय गर्नुपर्ने भएको छ । मेक्सिकोका लागि घरेलु मैदान एज्टेका निकै शुभ मानिन्छ । विश्वकपमा उसले उक्त मैदानमा अहिलेसम्म कुनै खेल हारेको छैन । आठ खेलमध्ये ६ मा जित र २ मा बराबरीको नतिजा निकालेको छ । पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै कुनै गोल पनि बेहोरेको छैन ।

 

चेक गणतन्त्रका मुख्य स्ट्राइकर पात्रिक शिक प्रतियोगिताअघि उत्कृष्ट लयमा थिए । उनले जर्मन लिगका अन्तिम १२ खेलमा ९ गोल गरेका थिए । तर विश्वकपमा भने उनको प्रभाव देखिएको छैन । हालसम्म उनले केवल दुई प्रहार गरेका छन् र गोल गर्न सकेका छैनन् ।

 

मेक्सिको विश्वकपमा लगातार तीन खेल जित्ने आफ्नो इतिहासकै उत्कृष्ट लयमा पनि पुगेको छ ।

 

त्यस्तै दक्षिण कोरिया अघिल्लो चरण पुग्ने बलियो अवस्थामा छ । मेक्सिकोसँगको नतिजाका कारण उसले समूह विजेता भने अंक बराबर भएमा पनि बन्न सक्दैन । दक्षिण कोरियालाई नक आउट चरणमा जान बराबरी मात्रै पर्याप्त हुनेछ । चेक गणतन्त्रले मेक्सिकोलाई हराए पनि दक्षिण अफ्रिकाविरुद्ध बराबरी खेले दक्षिण कोरियाले अघिल्लो चरणमा स्थान बनाउनेछ । तर यदि दक्षिण कोरिया पराजित भयो र चेकले मेक्सिकोलाई हरायो भने दक्षिण कोरियाको नकआउट चरणको यात्रा कठिन हुनसक्ने देखिन्छ ।

 

प्रतियोगिताको पहिलो खेलमा मेक्सिकोसँग हार बेहोरेपछि दक्षिण अफ्रिकाको यात्रा लगभग समाप्त भएको मानिएको थियो । तर चेक गणतन्त्रविरुद्ध दोस्रो खेलमा दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै उसले बराबरी निकाल्यो । यद्यपि अघिल्लो चरण पुग्न दक्षिण अफ्रिकाले अन्तिम खेलमा पुरै बल लगाउने छ ।

 

समूह ‘ए’ को सम्भावित अवस्था भन्ने हो भने मेक्सिको समूह विजेता बन्दै अघिल्लो चरणमा पुगिसकेको छ । त्यस्तै दक्षिण कोरिया बराबरी भएपनि उपविजेता हुदै दोस्रो चरणमा पुग्ने छ भने हारेमा भने जोखिममा पर्ने छ । त्यसैगरी चेक गणतन्त्रका लागि जित आवश्यक छ भने दक्षिण कोरियाको नतिजामा पनि भर पर्ने देखिन्छ । त्यस्तै दक्षिण अफ्रिकाका लागि जित अनिवार्य छ भने अर्को खेलको नतिजा पनि भर पर्नुपर्ने देखिन्छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार