ललितपुर महानगरले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

१० आषाढ़, २०८३, बुधवार
सारांश
  • जस अनुसार चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख तथा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख रहेको छ । महानगरले जेठ मसान्तसम्म कुल ३ अर्ब ४३ करोड ७६ लाख अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको जनाएको छ ।

ललितपुर: ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का ७ अर्ब ४८ करोड ८७ लाखको बजेट ल्याएको छ ।

 

बुधबार नगरसभामा उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरेकी हुन् । 

 

जस अनुसार चालु खर्चतर्फ २ अर्ब ९६ करोड ६४ लाख तथा पुँजीगत खर्चतर्फ ४ अर्ब ५० करोड ७७ लाख रहेको छ । महानगरले जेठ मसान्तसम्म कुल ३ अर्ब ४३ करोड ७६ लाख अर्थात् ५१.२ प्रतिशत बजेट खर्च भएको जनाएको छ । जसमध्ये चालुतर्फ ७२ प्रतिशत र पुँजीगततर्फ ४१ प्रतिशत खर्च भएको छ । 

 

महानगरले आगामी वर्षका लागि स्थानीय कला, संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्धन विपद् जोखिम न्यूनीकरण, वातावरण संरक्षण तथा हरियाली प्रवर्धन जस्ता विषयलाई प्राथमिकता दिएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?

सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।

थप समाचार