- यस सम्बन्धमा रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
रसुवा: रसुवामा १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार जेठ २३ गते गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चे बजारस्थित अस्थायी प्रहरी पोस्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले पासाङ ल्हामु राजमार्गमा सवारीसाधन तथा यात्रुको नियमित जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको हो ।
स्याफ्रुबेँसीबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ४८०७ नम्बरको भाडाको सुमो गाडीलाई रोकी जाँच गर्दा गाडीमा सवार गोसाइँकुण्ड गाउँपालिका–३ का ३५ वर्षीय मिङमार छिरिङ गुरुङले बोकेको झोलाभित्र ठूलो परिमाणमा नेपाली रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।
बरामद रकममा एक हजार रुपैयाँ दरका एक हजार ८४५ थान नोट बराबर १८ लाख ४५ हजार रुपैयाँ, पाँच सय रुपैयाँ दरका २१३ थान नोट बराबर एक लाख ६ हजार ५०० रुपैयाँ तथा एक सय रुपैयाँ दरका ६ थान नोट बराबर ६०० रुपैयाँ रहेको छ। बरामद कुल रकम १९ लाख ५२ हजार १०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
रकमसहित गुरुङलाई नियन्त्रणमा लिई हुन्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति प्राप्त गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
वीरगञ्जका नगरप्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्धा दायर
-
गण्डकी अस्पतालबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा
-
इरानसँग पुनः द्वन्द्व चर्किदा नेतान्याहूलाई राजनीतिक रुपमा फाइदा भएको विश्लेषण
-
डा. डिल्लीरमण रेग्मी पुरस्कार वरिष्ठ चिकित्सक डा. दास र वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. पोखरेललाई संयुक्त रूपमा प्रदान
-
विद्युत प्राधिकरणको महशुल बक्यौता ५० अर्ब, प्राथमिकताका साथ उठाउन मन्त्रीको निर्देशन
धेरै पढिएको
-
मेसीदेखि रोनाल्डोसम्म अन्तिम पटक विश्वकप खेल्दै यी खेलाडी
-
के विश्वकपमा फेरी देखिएला मेसीको जादु ?
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
विशेष
नेपाल–भारत सम्बन्धमा रबि लामिछाने फ्याक्टरः भ्रमणले दिएको ६ सन्देश
“विकास कूटनीति” को अवधारणा विगतमा व्यापक रूपमा प्रयोग हुने “कनेक्टिभिटी” शब्दभन्दा फराकिलो र समग्र दृष्टिकोण भएको देखिन्छ । कनेक्टिभिटी यसको एउटा महत्वपूर्ण अंग भए पनि विकास कूटनीतिले द्विपक्षीय सहकार्यलाई अझ व्यापक ढंगले परिभाषित गर्छ ।