सत्ता पक्षका सांसद नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न हिडेको खुस्बु ओलीको आरोप
२०८३ जेठ १९ मङ्गलवार
- उनले भनिन्- 'हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् ।
काठमाण्डौ, १९ जेठ । राप्रपाकी सांसद खुश्बु ओलीले सत्ता पक्षका सांसदहरु प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिको बचाउमा लागेको आरोप लगाएकी छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले हिजो नेपालीको एक इञ्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्ना नेताको भनाईको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लाग्नु दुःखद भएको बताएकी हुन् ।
उनले भनिन्- 'हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ ।’ उनले प्रधानमन्त्री भनेको व्यक्ति नभई संस्था भएको बताउँदै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताईन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।